मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलाश आश्रम कृषि सहकारीमा अब गिरिराज कँडेलको नेतृत्व

कैलाश आश्रम कृषि सहकारीमा अब गिरिराज कँडेलको नेतृत्व

अपि टाइम्स

कपिलवस्तु । बाणगंगाका ब्यवसायी तथा समाजसेवी गिररिाज कँडेल श्री कैलाश आश्रम कृषि सहकारी संस्था लिमिटेड बाणगङ्गाको अध्यक्ष भएका छन् । संस्थाको नवौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले कँडेललाई अध्यक्ष सर्वसम्मत चयन गरेको हो ।

अब उनले ३ बर्ष संस्थाको नेतृत्व गर्ने छन् । कँडेलसंगै बनेको ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा हुमकला पछाई, सचिवमा बुद्धिराम घिमिरे सह सचिवमा अनिशा खड्का र कोषाध्यक्षमा धनराज रेग्मी सर्वसम्मत भए भने नारायण कँडेल, पुष्कर घिमिरे, यम कुमारी महत, तिलकराम शर्मा, तुलसा थापा, शङ्कर बहादुर थापा सदस्यमा चयन भएका संस्थाले जनाएको छ । यसैगरी संस्थामा नन्दराम पौडेलको संयोजकत्वमा जीवलाल घिमिरे र कमला भट्टराईसदस्य राखेर लेखा समिति पनि बनेको छ ।

कार्यक्रमका प्रमुख अतिथि बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले बाणगंगाको विकासमा सहकारीको भूमिका राम्रो रहेको भन्दै प्रसंसा गरे । कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा बाणगङ्गा नगरपालिकाका पशुसेवा शाखा प्रमुख राजकुमार तिवारी, मनकामना सामुदायिक वन उपभोक्ता समिति का अध्यक्ष मुक्त बहादुर कार्की, बाणगङ्गा मौरीपालन तथा मह उत्पादक संस्था लिमिटेडका अध्यक्ष लिलापति घिमिरे, मनकामना सामुदायिक वन उपभोक्ता समितिका निवर्तमान अध्यक्ष अमित पौडेल, बाणगङ्गा नगरपालिकाका कृषि विकास शाखा अधिकृत सन्तोष भुसाल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो ।संस्थाका अध्यक्ष खुमलाल शर्माको अध्यक्षता, उपाध्यक्ष पम्फा कँडेलको स्वागत मन्तव्य, एवं सचिव गिरीराज कँडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।