जितपुर । काठमाडौं फोटोग्राफर संघले आयोजना गरेको फोटोहरुको राष्ट्रिय प्रतिस्पर्धामा कपिलवस्तुले तेश्रो स्थान हासिल गरेको छ । शुक्रबार सम्पन्न प्रतिस्पर्धामा बाणगंगा नगरपालिकामा फोटो स्मार्ट संचालन गरिरहेका कर्ण बहादुर तिवारी(कुमार) ले खिचेको फोटोले तेश्रो स्थान हासिल गरेको हो ।
आफूले खिचेको त्यो फोटो सुरुमा उत्कृष्ट १००, त्यसपछि उत्कृष्ट२०, उत्कृष्ट १०, उत्कृष्ट ५ हुँदै तेस्रो भएको उनले जानकारी दिए । सहायक विधा ‘pre-post wedding’ तर्फ देशभरबाट समावेश भएका हजारौं फोटोहरुमध्ये आफ्नो फोटोले तेस्रो स्थान हासिल गर्दा निकै खुसी लागेको उनले बताए ।
अवार्डसंगै कर्णले नगद १० हजार पनि पाएका थिए । २२ बर्षे फोटोग्राफी यात्रामा पहिलो पटक अवार्ड कार्यक्रममा सहभागिता जनाएर पहिलो पटकको सहभागितामै पुरस्कृत हुंदा अझ बढी प्रोत्साहन मिलेको उनले बताए ।
लुम्बिनी प्रदेशमा कर्णको फोटो पहिलो भएको कर्ण बताउँछन् । फोटो स्मार्टबाट अरु २ वटा फोटो उत्कृष्ट १०० मा परेको उनले बताए । फोटो पोज आफ्नै क्रियसन भएको कर्ण बताउँछन् । फोटोको निर्णय लोकेसन, दुलाहादुलहीको एक्सप्रेसन, कम्पोजिसन, लाईट, क्यामेरा क्वालिटी आदिलाई मुल्यांकन गरेर तेश्रो भएको उनले जानकारी दिए ।
कपिलवस्तुबाट उत्कृष्ट १०० मा ४ वटा फोटो पर्न सफल भएका थिए । कर्ण फोटो ग्राफर संघ कपिलवस्तुका सचिव हुन् । कपिलवस्तुका अध्यक्ष रामचन्द्र बेलबासेले कर्णले जिल्लाको गरिमा बढाएको भन्दै धन्यबाद दिए ।
पुरस्कृत हुने फोटोमा दुलाहा नवीन पौडेल र दुलही प्रतिज्ञा न्यौपाने छन् । उनीहरुले विवाहपश्चात लुम्बिनीमा त्यो फोटो सुट गरेका थिए ।
यस्तो छ कर्णले खिचेको फोटो
प्रतिक्रिया