बुटवल । प्यूठानमा महोत्सव हेर्न गएका एक व्यक्तिको मृत्यु भएको छ। प्यूठान नगरपालिका वडा नम्बर १ बिजुवारका ६० वर्षीय कमल नेपाली अचेत भएका थिए।
सोमबार भित्रीकोट प्यूठान महोत्सव हेर्न गएका उनी अचेत भएपछि उपचार गर्न जिल्ला अस्पताल बिजुवार लगिएको थियो।
सोमबार बेलुकी सवा ६ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
प्यूठानका मेयर विष्णुबहादुर योगीले महोत्सव सञ्चालनका लागि दिएको अनुमति रद्द गरिदिएका छन्।
पुस ५ गतेदेखि सञ्चालन भएको महोत्सव पुस १७ गतेसम्म चल्ने भनिएको थियो।
महोत्सव सञ्चालन गर्न दिएको अनुमति मेयरले रद्द गरेकोमा उद्यो वाणिज्य संघले भने दुस्ख व्यक्त गरेको छ।
संघका अध्यक्ष प्यारअली खान र सचिव कमल पौडेलले पूर्वनिर्धारित कार्यक्रमअनुसार महोत्सव सञ्चालन गर्न दिइनुपर्ने बताएका हुन्।
विवाद समाधान गर्न सरोकारवालाबीच छलफल गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले बताए।
प्रतिक्रिया