मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्याबसन रुपन्देहीको अध्यक्षमा उम्मेदवारी दिँदै खनाल, यसकारण बलियो

प्याबसन रुपन्देहीको अध्यक्षमा उम्मेदवारी दिँदै खनाल, यसकारण बलियो

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, बुटवल । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन ‘प्याबसन’ रुपन्देहीको आगामी अध्यक्षको लागि दिपक खनालले उम्मेदवारी दिने भएका छन् ।

शिक्षा क्षेत्रको विकासमा रुपन्देही तथा कपिलवस्तुमा लामो समय विताएका खनालले यहि पौष २५ गते हुने प्याब्सनको १६ औं अधिवेशनमा अध्यक्षमा उठ्ने जनाएका हुन् । निजी विद्यालयलाई सवल, समृद्ध, गतिशील र प्रभावकारी बनाउनका लागि आफ्नो उम्मेदवारी रहने खनालले फेसबुकमार्फत् दावी गरेका छन् ।

रुपन्देहीको कुँवरवर्ति बोर्डिङ स्कुलमा प्राचार्य तथा कपिलवस्तुको हिलवर्ट बोर्डिङ स्कुलमा अध्यक्ष र अन्य धेरै संस्थासंग जोडिएका खनाल दुवै जिल्लाको खेलकुद तथा शिक्षा क्षेत्रको विकास र प्रगतिमा तल्लीन् ब्यक्तिका रुपमा चिनिन्छन् । खनाल यसअघि प्याबसनको सचिव भएर पनि काम गरिसकेका ब्यक्ति हुन् ।

सचिवअघि जिल्लाका कोषाध्यक्ष र सदस्यमा पनि एकएक कार्यकाल खनालले विताएका थिए भने प्याबसन तिलोत्तमाको नगर सचिव भएर पनि एक कार्यकाल काम गरेका थिए । यहि अनुभवको आधारमा सबैले विश्वास गरेको र चुनावमा जित हासिल गर्ने उनको दावी छ ।

आफू कुरा मात्र नभएर काम गर्ने ब्यक्ति भएका कारण सबैले मत दिएर जिताउने खनालले विश्वास ब्यक्त गरे । चुनाव जितेपछि प्याबसन रुपन्देहीको छविलाई अझै उचो बनाउने उनको दावी छ । नेकपा एमालेनिकट मानिने खनाललाई अरु दलबाट पनि समर्थन जुट्ने दावी गरिएको छ ।

खनालको आफ्नो मात्र दावी होइन धेरैले उनलाई काम गर्ने ब्यक्तिकै रुपमा चिन्दछन् । खनालको प्रतिद्वन्दीको रुपमा एमाले निकटकै एकनारायण काफ्ले अध्यक्षमा उठ्दै छन् ।

खनाल र काफ्ले एमालेनिकटका रहेका कारण चुनाव रोचक हुने अनुमान गरिएको छ । कतिपयले २ जनाको उम्मेदवारीलाई एमालेभित्रको गुटको रुपमा लिएका छन् । अन्तिमसम्म पार्टी खनालको पक्षमा देखिन्छ कि काफ्लेको त्यो भने निश्चित छैन । खनालले पार्टी लगायत सबैबाट आफूले साथ पाउने दावी गरे ।