काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२० आई श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेल जित्न नेपालले १४१ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो ।
नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले सर्वाधिक ४१ रन बनाइन्। त्यस्तै हिथर सिगर्सले २६ रन बनाइन् । फेबे मोल्कनबोर र रोबिन रिकेले समान २१ रन बनाए ।
नेपालका लागि सिता राना मगरले ४ ओभरमा १२ रन दिएर ५ विकेट लिइन् । उनले करियरको दोस्रो पाँच(विकेट फिगरको बलिङ गरेकी हुन् । यो उनको बेस्ट बलिङ समेत हो ।
मनिषा उपाध्यायले २ विकेट लिँदा कविता जोशी र इन्दु बर्माले १/१ विकेट लिए ।
प्रतिक्रिया