चन्द्रकान्त न्यौपाने, जितपुर । बसमा यात्रा गरेका यात्रुहरुमध्ये सायदैलाई अनुभव होला बसको यात्रा पनि कार, जहाज र रेलमा जस्तै आरामदायी र सरर हुन्छ भनेर । अचेल नमस्ते कपिलवस्तुको द लायन बस चढ्ने जो कोही यात्रुले वस सेवामा रेल र कारको अनुभुति बटुल्न थालेका छन् । नमस्ते कपिलवस्तु नामक ब्राण्डको रुपमा स्थापित भएको बस सेवामा थपिएको द लायन बस सेवाले नेपालको वस सेवामा क्रान्ति नै ल्याएको छ ।
मुलुककै वस सेवामा आजभन्दा एक दशक अघि क्रान्तिको सुरुवात गरेका कपिलवस्तुका युवा ब्यवसायी कुमार खड्काले अहिले फेरि वस सेवामा क्रान्ति थपेका हुन् ।
वस सेवामा थपिएको त्यहि क्रान्तिका कारण अहिले यात्रुहरुको निकै भीँड लाग्ने गरेको छ भने कपिलवस्तुबाट बुटवल र काठमाण्डौँ अनि बुटवल र काठमाण्डौँबाट कपिलवस्तु यात्रा गर्ने यात्रुको पहिलो रोजाईको वस अहिले द लायन बनेको छ ।
यो बसमा अनेकौँ सुविधा छन् । जसका कारण यात्रुहरुको यात्रा अत्यन्तै सरल र आरामदायी बनिरहेको छ । द लायनमा चढेपछि जोकोही यात्रुले पनि नयाँपनको आभास गर्दछन् ।
पहिलोपटक बुटवलबाट काठमाडौँ जाने क्रममा यो वसमा चढ्ने मौका पाएका यमलाल घिमिरे भन्दछन्, ‘यस्तो सेवा विदेशतिर पाइन्थ्यो । म पनि जापानमा बसेको थिएँ । त्यतातिर यस्ताखाले वस देखिन्थे । नेपालमा पनि वस सेवामा यस्तो क्रान्ति आउँछ भनेर सोँचेको थिइनँ तर द लायन बसमा यस्तो पाएँ । बसमा यात्रा गर्ने क्रममा जहाज, रेल र कारमा चढेको जस्तै अनुभुति भयो । सिट पनि फराकिला र राम्रा छन् । सिट पनि जहाजकाजस्ता हाइड्रोलिक रहेछन् । निकै मज्जा आयो ।’
अर्का यात्रु शिव शर्मा पनि द लायन्स बस सेवाबाट औधि खुसी छन् । उनको पनि अनुभुति छ, ‘बसमा पनि आवाज आउने रहेनछ । इञ्जिन पनि पछि रहेछ । कपिलवस्तुबाट काठमाण्डौँ कतिखेर पुगेँ पत्तै पाइनँ । निकै आरामदायी यात्रा गर्न पाएँ । सधैँ रातभर जागा रहने गरेकोमा द लायनमा चढेपछि रातभर निदाउन पाउँदा धेरै खुसी लागेको छ ।’
बसमा एसी जडान छ भने वसभित्रको बातावरण पनि यात्रुमय छ । बसका संचालक कुमार खड्काले आफ्नो वस सेवाबाट यात्रुहरुको खुसी देख्दा निकै खुसी लागेको बताए । उनी थप्छन्, ‘यात्रुहरुको सन्तुष्टि देखेर आफू उत्साहित बनेको छु । हाम्रो बस सेवाको प्रमुख विशेषता भनेको आरामदायी यात्रा नै हो ।’
उनका अनुसार बसभित्र यात्रु बसको आवाजका कारण दिक्क मान्दैनन् । डबल सस्पेन्सरका कारण झ्याँकिने सम्भावना नै छैन । डबल सस्पेन्सरकै कारण यात्रुले बिग्रेको बाटोमा चलकलचक भएको अनुभव गर्नुहुन्छ ।

खड्का थप्छन्, ‘यो बस सेवा नेपालमै पहिलो हो । पछाडी इञ्जिन भएको बस अहिलेसम्म नेपालमा आएको छैन । हामीले अहिले ३ वटा संचालन गरेका छौँ । कालो सिसाभित्र २ स्थानमा टिभी रहेका छन् । अघि र पछि दुवै स्थानका यात्रुले यात्रासंगै टिभीमा गीतसंगितको आनन्द लिइरहनु भएको छ । बसमा रातभर वाइफाइको पनि सुविधा रहेको छ ।’
यात्रुको सन्तुष्टि सुनेका खड्का अघि थप्छन् ‘मैले कारको अनुभुति भन्ने गरेको छु तर यात्रुले रेल र जहाजमाजस्तै अनुभूति पाएको भनिदिनुहुन्छ ।’
द लायन बस सुविधा सम्पन्न भए पनि धेरै महंगो छैन । एक जना यात्रुले भने, ‘हवाइ जहाजमा भैरहवाबाट ५ । ६ हजार खर्च गरेर काठमाण्डौँ जाने र त्यहाँबाट आउने गर्नुभन्दा द लायनमा चढ्दा धेरै राम्रो छ । कपिलवस्तु र बुटवल जहाँबाट चढे पनि जम्मा १५०० रुपैयाको टिकट लाग्दोरहेछ । १५ सयको टिकटमा जहाज र कारमा चढेको अनुभव हुने रहेछ । यो नेपालको बस सेवामा ठुलै क्रान्ति हो ।’
खड्काले आफू लायन्स क्लवको अभियान्ता रहेको कारण पनि बसको नाम लायन राखेको जानकारी दिए । विदेशमा पनि यस्तो वस सेवा रहेको जानकारी पाएपछि नेपालमा पनि यस्तो सेवा दिने सोँच बनाएको हुँ । आगामी दिनमा नेपालमा वस सेवामा थप क्रान्ति थप्ने र वसको संख्या पनि बढाउने उनले बताए ।
नेपालमा अहिले वस सेवा राम्रो भए पनि सडक खराब भएका कारण समस्या रहेको बताए । नेपालको सडक राम्रो भएमा अझै धेरै सेवा सुविधा थप्ने उनको भनाई छ ।
खड्काले नेपालमा पहिलोपटक नमस्ते ब्राण्ड स्थापित गरेका थिए । उनको नमस्ते अवधारण नमस्ते कपिलवस्तुबाट सुरु भएपछि अहिले देशभर नमस्ते नाम जोडेर बिभिन्न बस वसहरु संचालनमा रहेका छन् । वसमा चढेका कतिपय यात्रुले बसेको गल्ली साँघुरो भएको बताउँदै यसमा सुधार ल्याउन सुझाएका छन् । यो वस चढ्नको लागि बस सेवाबाट अनलाइन टिकट काट्न सकिने खड्काले जानकारी दिए । तर खड्काले भने १० औँ घण्टा बस्ने ठाउँलाई नै केन्द्रमा राखेर जानाजान गल्ली साँघुरो बनाएको बताए । गाडीको लम्बई ३ मिटर छ भने ४५ सिट रहेका छन् ।
कालो प्लेटमा हरियो रङको द लायन गुडेपछि धेरैको ध्यान पनि लायनप्रति खिचिएको देखिन्छ । सिट पनि फिलिम हल्माजस्तो स्टेपबाई रहेका छन् ।
खड्काको दावी छ, ‘द लायनमा चालकका कारण हुने दुर्घटनाको जोखिम पनि टरेको छ । क्याविन नभएको कारण चालकसंगै कसैले गफ गर्न पाउँदैनन् । चाहेर पनि चालक अरुसंग गफिन पाउँदैनन् । यो भएपछि चालकको लापरबाहीबाट हुने दुर्घटना कम हुने विश्वास लिएको छु ।’
वसमा चालक कस्तो अवस्थामा रहेको छ र उसले केके गरिरहेको छ पछाडीसम्मका यात्रुले निगरानी गर्न सक्ने व्यवस्था रहेको खड्काले जानकारी दिए ।
उनले वसमा वान्ता गर्ने सम्भावना पनि घटेको बताउँदै यात्रुले नै यस्तो जानकारी दिएको बताए । एउटा बसकै मूल्य १ करोड बढी रहेको खड्काको दावी छ ।
प्रतिक्रिया