मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिलवर्टमा खेलकुद, नृत्य र संगित उत्सवः २ हजार मेडल वितरण

हिलवर्टमा खेलकुद, नृत्य र संगित उत्सवः २ हजार मेडल वितरण

अपि टाइम्स

जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ पिपरामा रहेको हिलबर्ट ईङलिस बोर्डिङ स्कूलले आयोजना गरेको समारोहमार्फत् २ हजार मेडल वितरण गरिएको छ । आइतबार सम्पन्न नृत्य, संगीत उत्सव तथा वार्षिक खेलकुद पुरस्कार वितरण समारोहमा विद्यार्थीहरुलाई त्यतिका धेरै संख्यामा मेडल वितरण गरिएको हो ।

बार्षिक खेलकुद कार्यक्रम, संगित र नृत्य विधामा कक्षागत, सेक्सनगत, हाउस तथा समुहगत रुपमा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए । त्यसमा प्रथम, द्धितीय, तृतीय र सान्तवना स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कारस्वरुप मेडलद्धारा सम्मान गरिएको विद्यालयका प्रिन्सिपल शिव पोख्रेलले बताए । विद्यालयले गरेको यसखालको पुरस्कार वितरणले विद्यार्थीमा उत्साह थपिएको भन्दै कार्यक्रममा सहभागि भएका वक्ताहरुले प्रसंसा गरेका छन् ।

प्रमुख अतिथि बाणगंगा नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले विद्यार्थीहरूको प्रतिभा र स्कूलले गर्ने शैक्षिक गतिविधिले नगरकै शिर उचो भएको बताए । बाणगंगा शिक्षा शाखा प्रमुख तथा विशिष्ट अतिथि खिम बहादुर जिसीले यस विद्यालयले शैक्षिक गुणस्तरको उच्च मापदण्ड कायम राखेको आईएसओ प्रमाणपत्रहरूले प्रमाणित गर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्याब्सन रूपन्देहीका अध्यक्ष दिपक खनालले विद्यार्थीहरूलाई उनीहरुको प्रतिभा प्रसफुटन गर्ने वातावरण निर्माण गर्ने दायित्व विद्यालयको रहेको बताएका थिए । आफ्नो स्कुलमा विद्यार्थीले जनाएको सहभागिता र उनीहरुको प्रतिभा अनुकरणीय रहेको उनको दावी छ ।

विद्यालयका प्रबन्धक बुद्धि पौडेलले हिलवर्ट कपिलवस्तुकै नमुना विद्यालय रहेको बताउँदै पुरस्कृत विद्यार्थीलाई धन्यबाद दिए ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका सहसचिव कृष्णप्रसाद पौडेल, अभिभावक लगायतको उलेख्य सहभागिता रहेको कार्यक्रमको संचालन मावि संयोजक तेजप्रसाद आचार्यले गरेका थिए ।

विद्यार्थीलाई गरिएको यो सम्मानको अभिभावकले पनि प्रसंसा गरेका छन् । हिलवर्ट कपिलवस्तुमा आएसओ पाउने पहिलो नीजि विद्यालय हो ।