मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगाका ट्याक्टर धनीले किन घेर्दैछन् नगरपालिका ?

बाणगंगाका ट्याक्टर धनीले किन घेर्दैछन् नगरपालिका ?

अपि टाइम्स

जितपुर । बाणगंगा नगरपालिकाका ट्याक्टर धनीले बाणगंगा नगरपालिका घेर्ने भएका छन् । नदीजन्य पदार्थको ओसारपसार तथा निकासीको विषयलाई लिएर स्थानीय ट्याक्टर धनीले फागनु २० गते नगरपालिकाको कार्यालय घेराउ गर्ने भएका हुन् ।

नेपाल किसान ट्याक्टर समिति कपिलवस्तुका अध्यक्ष झविन्द्र खनालको अध्यक्षतामा वैठक बसी बाणगंगा नगर क्षेत्रभित्र रहेका नदीनालाबाट नदीजन्य पदार्थ निकासीका लागि गर्न लागिएको ठेक्कापट्टामा स्थानीय ट्याक्टर धनी, मजदुरहरुलाई पाखा लगाइएको र उनीहरुको रोजगारी पनि खोस्न लागिएको भन्दै नगरको त्यसको विरुद्ध आन्दोलनको कार्यक्रम तय गरिएको हो ।

यस विषयमा नगरको ध्यानाकर्षण गर्ने र नगरले नसुनेको खण्डमा ट्याक्टर धनी, ड्राइभर, मजदुर र लेवरहरुले कार्यालय घेराउ गर्ने अध्यक्ष खनालको दावी छ । आन्दोलनमा जुट्न खनालले सबै ट्याक्टर धनी, मजदुर र लेवरहरुलाई आग्रह गरेका छन् ।