मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल एसिया प्रशान्त मञ्चको अध्यक्षमा निर्वाचित

नेपाल एसिया प्रशान्त मञ्चको अध्यक्षमा निर्वाचित

अपि टाइम्स

काठमाडौं । संयुक्त राष्ट्रसंघ अन्तर्गतको एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्को दिगो विकास सम्बन्धी ११औं एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित भएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मिनबहादुर श्रेष्ठ उक्त मञ्चको अध्यक्षमा निर्वाचित भएका हुन् ।
जापानले मञ्चको अध्यक्षमा चयन गर्न प्रस्ताव गरेका थिए । बंगलादेश र श्रीलंकाका प्रतिनिधिले समर्थन गरेपछि नेपाल सर्वसम्मत निर्वाचित भएको हो ।

मञ्चको अध्यक्ष निर्वाचित भएपछि सदस्य राष्ट्रलाई उपाध्यक्ष श्रेष्ठले धन्यवाद ज्ञापन गरेका छन् । मञ्च ८ देखि ११ फागुनसम्म बस्दैछ ।

मञ्चमा अन्तर्राष्ट्रिय साझा एजेन्डाको रुपमा दिगो विकास लक्ष्यमा यस क्षेत्रका राष्ट्रले गरेका प्रगतिको समीक्षा गर्दै आगामी दिनमा लिनुपर्ने कार्यदिशामा छलफल हुने भएको छ ।

यस पटक दिगो विकास लक्ष्यका १, २, १३, १६ १७ मा केन्द्रित रहेर छलफल हुने आयोगका सहसचिव यमलाल भुसालले जानकारी दिए ।

छलफलमा भएको सहमतिका आधारमा एसिया प्रशान्त क्षेत्रमा दिगो विकास लक्ष्य कार्यान्वयनमा प्राप्त भएको सफलता र चुनौतीका सन्दर्भमा सन् २०२४ को जुलाइमा हुने संयुक्त राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक मञ्चमा प्रतिवेदन पेस हुने भएको छ ।

एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्‍मा ५३ सदस्य राष्ट्र र ९ वटा अन्य संस्था आवद्ध छन् ।