मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुझाव लिन युनाइटेड सहकारी हस्पिटलले तयार पार्यो ‘क्यूआर कोड’

सुझाव लिन युनाइटेड सहकारी हस्पिटलले तयार पार्यो ‘क्यूआर कोड’

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ ठाकुरापुरस्थित युनाइटेड नेश्नल हस्पिटल थप प्रविधिमय बन्दै गएको छ । विशेषज्ञ सेवासहित पश्चिम नेपालमा उत्कृष्ट सेवा दिँदै आइरहेको अस्पतालले अस्पतालबारेका जिज्ञासा र गुनासा सुनुवाई गर्न प्रविधिको प्रयोग सुरुवात गरेको हो ।

अब अस्पतालप्रति आफूलाई लागेको जिज्ञासा क्यूआर कोड स्क्यान गरेर राख्न पाइने छ । यससम्बन्धि अस्पतालले आफ्नो फेसबुक पेजमार्फत् सबैलाई जानकारी दिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक सुन्दर आचार्यले सबै कुरा अब मोबाइल र कम्यूटरमार्फत् हुन थालेकाले आफूहरु पनि अपग्रेड भएको बताए । क्यूआरकोड स्क्यान गरेपछि दिइएका निर्देशनको आधारमा आफ्ना सुझाव, सल्लाहा, गुनासा, राम्रा सबै कुरा राख्न सकिने आचार्यले बताए ।

अस्पतालका अध्यक्ष मुनाराम चालिसेले अस्पताल अब शिक्षण अस्पतालको रुपमा विकास हुँदै गरेको जानकारी दिँदै लुम्बिनी प्रदेशकै उत्कृष्ट बनाउने गरी अघि बढेको बताए ।

युनाइटेड अस्पताल सहकारी मोडलबाट संचालित अस्पताल हो । युनाईटेड सहकारीमार्फत् अहिले अस्पतालले गतिविधि गरिरहेको छ ।