मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोजिपुर वनको पाँणेखालमा हेरालुले देखे बच्चासहित पाटेबाघ, प्रवेश निशेध !

खोजिपुर वनको पाँणेखालमा हेरालुले देखे बच्चासहित पाटेबाघ, प्रवेश निशेध !

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा नगरपालिका अन्तर्गत वडा नम्बर ९ मा रहेको खोजिपुर सामुदायिक बनमा वन हेरालुले पाटेबाघ देखेका छन् । वन क्षेत्रको पाँणेखाल भन्ने स्थानमा २ वटा बच्चासहित ठुलो पाटेबाघ देखिएको वनका अध्यक्ष दीपक थापाले अपिटाइम्सलाई बताए । उनका अनुसार वडा नम्बर ९ भलवाडबाट वन प्रवेश गरेपछि करिब २ किलोमिटर उत्तरपूर्वमा पाँणेखाल क्षेत्र पर्दछ ।

वन हेरालुले बाघ देखेको जानकारी गराएपछि सब डिभिजन अधिकृत, रेञ्जरसहित आफू वनमा अध्ययन गर्न गएको र टोलीले पनि बाघको ठुलाठुला पाइला देखेको अध्यक्ष थापाले जानकारी गराए । बाघका अन्दाजी ५ ६ किलोका बच्चा रहेको थापाको जनाउ छ ।

वनमा पाटेबाघ रहेको पुष्टि भएपछि त्रास सिर्जना भएको भन्दै थापाले उपभोक्ता लगायत सबैलाई खोजिपुर सामुदायिक वनमा नपस्न आग्रह गरेका छन् । दुर्घटना हुन सक्ने भएकाले घाँस दाउराको लागि वनमा नपस्न उनको आग्रह छ । सार्वजनिक सुचनामार्फत् वन प्रवेशमा निशेध गर्न लागिएको भन्दै उनले सचेत रहन सबैलाई आग्रह गरे ।

सुचना जारी गर्दा पनि अटेर गरी जंगल पसेर दुर्घटना भए आफू जिम्मेवार नहुने थापाले जनाए । अध्यक्ष थापाले फेसबुकमार्फत् भनेका छन्

‘सुचना सुचना सुचना
खोजिपुर सामुदायिक बन क्षेत्रमा पाटे बाघ बच्चा सहित रहेको हुँदा बनमा प्रबेश नगर्न नगराउन अनुरोध छ कसैले अटेरि गरेमा कुनै दुर्घटना हुन गए सामुदायिक बनको कुनै किसिमको जिम्मा रहने छैन ।’