मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफूहरूको माग सम्बोधन गर्न एमालेको प्रधानमन्त्रीलाई दियो ३ दिनको समय

आफूहरूको माग सम्बोधन गर्न एमालेको प्रधानमन्त्रीलाई दियो ३ दिनको समय

अपि टाइम्स

रासस
काठमाण्डौ । नेकपा एमालेले आफूहरूले उठाएको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई तीन दिनको समय दिएको छ ।

आज विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको संसद पुनः शुरु भएपछि विशेष समय लिएर बोल्दै एमाले सचेतक महेश बर्तौलाले अर्को बैठकमा सरकारले जवाफ दिनुपर्ने बताउनुभएको हो । संसद्को अर्को बैठक पर्सि आइतवार बिहान ११ बजेका लागि तोकिएको छ ।

एमालेले बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । एमालेले ज्वालासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतको समेत राजीनामा माग गरेको छ ।

एमाले सचेतक बर्तौलाले संसद्को आउँदो बैठकमा मन्त्रीहरूलाई बर्खास्त गरेर आएको छु भन्ने जवाफसहित आउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

यसअघि आजको बैठकमा नेपाली कांग्रेसका सांसद राजन केसीले विधेयक प्रस्तुत गर्ने बेला गणपूरक सङ्ख्या नपुगोस् भनेर विपक्षी दलका सांसद बाहिर गएको आरोप लगाएपछि एमालेले विरोध गरेको थियो । जसका कारण बैठक स्थगित भएर पुनः शुरु भएको हो ।