मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिलवर्ट बोर्डिङमा भएको स्वास्थ्य जाँचबाट १ हजार बढी विद्यार्थी लाभान्वित

हिलवर्ट बोर्डिङमा भएको स्वास्थ्य जाँचबाट १ हजार बढी विद्यार्थी लाभान्वित

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर २ पिपरामा रहेको हिलवर्ट ईङलिश बोर्डिङ स्कुलमा स्वास्थ्य जाँच सम्पन्न भएको छ ।

विहिबार र शुक्रबार दुई दिनसम्म भएको स्वास्थ्य जाँचबाट नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने करिब ११ सय विद्यार्थीको स्वास्थ्य परीक्षण भएको थियो । देवदह मेडिकल कलेज तथा रिसर्च इन्टिच्युटका डाक्टरहरुले विद्यार्थीको दाँत, नाक, कान, आँखा लगायतको परीक्षण गरेका थिए ।

परीक्षणको क्रममा विद्यार्थीहरुमा धेरै दाँत र आँखाको समस्या देखिएको चिकित्सकले बताएका छन् । विद्यार्थीहरुले धेरै मिठाई र गुलियो पदार्थ खाने गरेका कारण दाँतमा र धेरै मोबाइल र टिभी हेर्दा आँखामा समस्या आएको हुन सक्ने भएकाले घरमा सचेत रहन चिकित्सकले अभिभावकलाई आग्रह गरेका छन् । स्वास्थय जाँचको क्रममा चिकित्सकहरुले विद्यार्थीलाई आवश्यक परामर्श पनि दिएका थिए ।

विद्यालयका प्रबन्ध निर्देशक बुद्धिराम पौडेलले विद्यार्थीमा एक्कासी ठुला समस्या नआऊन् भनेर समयसमयमा विद्यार्थीको स्वास्थ्य जाँच गर्ने काम भइरहेको बताए ।

विद्यालय संचालक समितिका अध्यक्ष दीपक खनालले विद्यालयको मात्र मुख नहेरेर घरमा पनि बालबालिकाको स्वास्थ्यलाई ध्यान दिन आग्रह गरे ।
स्वास्थ्य जाँचमा प्राविधि सहयोग गरेको देवदह मेडिकलका चिकित्सकलाई अध्यक्ष खनालले धन्यबाद दिए ।