मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यानले गर्‍यो भूकम्प पीडितलाई २० लाख सहयोग

क्यानले गर्‍यो भूकम्प पीडितलाई २० लाख सहयोग

अपि टाइम्स

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भूकम्प पीडितका लागि २० लाख सहयोग गरेको छ ।

आईसीसी टी(२० विश्वकप(२०२४ को एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीच भएको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम क्यानले सहयोग गरेको हो ।

प्रतियोगिताकै बेला गरेको बचा अनुसार उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको क्यानले जानकारी दिएको छ ।

गत कात्तिक १७ गते जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । उक्त भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति भएको थियो ।