मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय आविष्कार केन्द्रलाई ब्यवसायी पाण्डेको ५ हजार सहयोग

राष्ट्रिय आविष्कार केन्द्रलाई ब्यवसायी पाण्डेको ५ हजार सहयोग

अपि टाइम्स

कपिलवस्तु । वाणगंगा नगरपालिकाका युवा ब्यवसायी टि आर पाण्डेले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । महावीर पुन अध्यक्ष रहेको केन्द्रको खातामा उनले नगद ५ हजार जम्मा गरेका हुन् ।

अर्थको अभावमा केन्द्रलाई समस्या रहेको थाहा पाएपछि सहयोग प्रदान गर्ने वातावरण सबैमा जागृत होओस् भन्ने सन्देश दिनको लागि सानो भए पनि सहयोग गरेको उनले अपि टाइम्सलाई बताए ।

आविष्कार केन्द्रलाई ठुलै सहयोग गर्ने मन भए तापनि सबैलाई पुर्याउनु पर्ने भएको हुँदा अहिलेलाई सानै रकम सहयोग गरेको उनको भनाई छ । पाण्डे वाणगंगा १ वैरयास्थित टिआर कृषि सप्लायर्सका संचालक हुन् । उनले जन्मोत्सव लगायतका अवसरमा पनि बिभिन्न मानवीय तथा सामाजिक काममा सहयोग गर्दै आएका छन् ।