मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल समूह विजेता, अब लेबनानसंग खेल्ने

वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल समूह विजेता, अब लेबनानसंग खेल्ने

अपि टाइम्स

काठमाडौं । प्यालेस्टाइनमाथि सानदार जित निकाल्दै नेपाल वाफ वुमेन्स च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ।

गएराति भएको खेलमा प्यालेस्टाइनमाथि ४(० गोलको फराकिलो जित निकाल्दा नेपाल समूह चरणको शीर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको हो।

समूह चरणको अन्तिम खेलमा नेपालकी साबित्रा भण्डारी ‘साम्बा’ले दुई गोल गरिन् भने रेखा पौडेल र गीता रानाले १(१ गोल गरे।

नेपालले समूह चरणको दोस्रो खेलमा इराकमाथि ५(० गोलको सानदार जित निकाल्दा साम्बाले ५० औं अन्तर्राष्ट्रिय गोल पूरा गरेकी थिइन्। खेलमा पाँचै गोल साम्बाले गरेकी थिइन्।

त्यसअघि अघिल्लो खेलमा नेपालले सिरियालाई ४(१ गोलले हराएको थियो।

नेपालले अब सेमिफाइनलमा मंगलबार लेबनानको सामना गर्नेछ ।