मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु ट्यालेन्ट हन्टको फाइनल १५ गते, आकर्षणमा सौगात र नाजिर

कपिलवस्तु ट्यालेन्ट हन्टको फाइनल १५ गते, आकर्षणमा सौगात र नाजिर

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तु ट्यालेन्ट हन्टको फाइनल फागुन १५ गते हुने भएको छ । बुद्व रङ्गशाला जितपुरमा हुने फाइनलमा नायक सौगात मल्ल, नाजेर हुसेन, बिन बस्नेत लगायतको सहभागिता हुने आयोजक केबी डान्स स्टुडियो बुटवलले जनाएको छ ।
सौगात मल्ल र नाजिर आउँदै गरेको बहुप्रतिक्षित चलचित्र अगत्स्यको प्रोमोसनको लागि आउने छन् भने कार्यक्रममा आर. के. एस ग्रुपले पनि सहभागीता जनाउने छन् ।

कपिलवस्तुका बिभिन्न विद्यालयबाट अडिसनमा सहभागि भएर उत्कृष्टता हासिल गरेका विद्यार्थीबाट प्रथम, द्धितीय र तृतीय छानिने ईभेन्ट डाईरेक्टर बिकी परियारले बताए । सोहि दिन मगर दिवस पनि परेकाले भव्य तयारी राम्रो गरिएको परियारले बताए ।

उनका अनुसार अडिसनमा सहभागि विद्यार्थीहरुले गायन, नृत्य, मोडलिङ विधाबाट आफूलाई खारेर फाइनलमा स्थान सुरक्षित गरेका छन् । निर्णयकको निर्णय र अनलाइन भोटिङको आधारमा ३० जनामध्येबाट विजेता छनोट हुनेछन् ।

गायनमा प्रथम हुनेले १५ हजारसहित म्युजिक भिडियोमा खेल्ने अवसर पाउने छन् भने गायनतर्फ प्रथम हुनेले नगद, फोटोसुट लगायतमा मौका पाउने इभेन्ट म्यानेजर युदिन खड्कीले जानकारी दिए । विजेतासंगै दोश्रो, तेश्रो र सान्तवना स्थान हासिल गर्नेलाई पनि पुरस्कारको ब्यवस्था गरिएको यसदिनले जानकारी दिए ।