मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेदरल्याण्ड्ससँग हार्यो नेपाल, भुर्तेलबाहेक चलेनन् ब्याटर

नेदरल्याण्ड्ससँग हार्यो नेपाल, भुर्तेलबाहेक चलेनन् ब्याटर

अपि टाइम्स

काठमाडौं । आईसीसी विश्वकप लिग लिग टूमा नेदरल्याण्ड्ससँग नेपालले हार ब्यहोरेको छ ।

आईतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले नेदरल्याण्ड्ससँग ८ विकेटको हार ब्यहोरेको हो ।

बिक्रमजीत सिंहको शानदार अर्धशतकमा नेदरल्याण्ड्सले नेपाललाई हराएको हो । पहिलो विकेटका लागि मेक्स ओडाँड र माइकल लेविटले ६१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

मेक्सले २८ र माइकलले ३९ रनको योगदान गरे । बिक्रमजीतले अविजित ५८ र साइब्रान्ड एनगेलब्रेक्टले अविजित ४६ रन बनाए ।

नेपालका ललित राजवंशी र दिपेन्द्र सिह ऐरीको नाममा समान एक एक विकेट रह्यो ।

यसअघि, सुरुवाती ब्याटिङ्ग गरेको नेपाल ३ बल बाँकी छदै १ सय ७२ रनमा समेटिएको थियो ।

नेपालको इनिङ्समा कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए । नेपालले ९४ रन जोड्नै सुरुवाती ६ विकेट गुमाईसकेको थियो । कुशल भुर्तेलले ६६ रन बनाएको इनिङ्समा आसिफ शेखले १७ रन जोडे । अनिल साह ७, कुशल मल्ल २, रोहित पौडेल १६, दिपेन्द्र सिंह ऐरी १ र भिम सार्की शुन्य रनमा पोविलियन फर्किए ।

आरिफ शेखले २२ रन जोड्दा करन केसीले २६ रन बनाए । गुलसन झा ५ रनमा आउट भएका थिए ।

नेदरल्याण्ड्सका विवियन किग्मा र आर्यन दत्तले समान तीन तीन विकेट लिए । बास डी लिडेले दुई विकेट लिदाँ रुलोफ वान डेरले एक विकेट झारेका थिए ।

नेपाल भ्रमणमा आएका नामिबिया र नेदरल्याण्ड्ससँग घरेलु टोलीले मात्र २ अंक जोड्न सफल भएको छ ।

नेपाल पहिलो खेमला नामिबियासँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो । तेस्रो खेलमा नामिबियासँग २ विकेटले पराजित बनेको नेपालले चौथों खेलको नतिजा भने नेदरल्याण्ड्सलाई सुम्पिन पुगेको छ ।