मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रिबजेट प्रस्तावमाथि फागुन २१ देखि छलफलहुने

प्रिबजेट प्रस्तावमाथि फागुन २१ देखि छलफलहुने

अपि टाइम्स

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटको प्रि(बजेट छलफलका लागि सोमबार प्रतिनिधिसभामा प्रस्ताव पेस हुने भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी १५ दिनका लागि संसद्को क्यालेन्डरलाई अन्तिम रूप दिँदै प्रि(बजेट छलफलको कार्यतालिका पारित गरेको हो ।

प्रि(बजेट प्रस्ताव सोमबार प्रतिनिधिसभामा प्रस्तुत हुने, फागुन २१ देखि छलफल
अर्थमन्त्री प्रकाशशरण महतले प्रि(बजेटमाथि छलफलको प्रस्ताव सोमबार ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्नेछन् ।

प्रतिनिधिसभाको आगामी १५ दिनको क्यालेन्डरअनुसार सोमबार प्रस्तुत हुने प्रि(बजेट छलफल प्रस्तावमाथि फागुन २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्नेछन् । प्रिबजेट छलफलका लागि फागुन २१, २२, २३ र ३० गते समय निर्धारण गरिएको छ । यसबीचमा केही विधेयकहरूलाई विधायिकी प्रक्रियामा अगाडि बढाउने कार्यसूची पनि तय भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।