मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाम २ र बझाङ प्रदेशसभा १ मा वैशाख १५ गते उपनिर्वाचन हुने

इलाम २ र बझाङ प्रदेशसभा १ मा वैशाख १५ गते उपनिर्वाचन हुने

अपि टाइम्स

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत इलाम २ र सूदुरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ १ मा वैशाख १५ गते शनिबार उपनिर्वाचन हुने भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले ती क्षेत्रमा वैशाख १५ गते चुनाव गराउने मिति तोकेको हो ।

इलाम २ मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्बाङ र बझाङ(१ मा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री समेत रहेका सिंहको असार ५ मा सडक दर्घटनामा परी निधन भएको थियो ।

संविधानसभाका अध्यक्ष समेत रहेका इलामका नेम्बाङको गत भदौ २६ मा निधन भएको थियो ।

स्थानीय तहमा पनि दुई दर्जन स्थान खाली छन् । आयोगले नै मिति तय गर्ने अधिकार भएकाले प्रतिनिधिसभा र प्रदेशसभाको चाहिँ चुनाव गरिहाल्ने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । स्थानीय तहको निर्वाचन मिति भने सरकारले तोक्ने व्यवस्था छ ।