मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन तोलामा २०० रुपैयाँले घट्यो

सुन तोलामा २०० रुपैयाँले घट्यो

अपि टाइम्स

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदी तोलाको १४०० रुपैयाँमा कारोबार भएको थियो ।