मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साम्बाले यसकारण गुमाउने भईन् ‘वाफ च्याम्पियनसिपको फाइनल’

साम्बाले यसकारण गुमाउने भईन् ‘वाफ च्याम्पियनसिपको फाइनल’

अपि टाइम्स

काठमाडौं । नेपाली महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल गुमाउने भएकी छिन् ।

वाफ च्याम्पियनसीप फिफा विन्डो बाहिर भएकाले सावित्रा नेपालको खेल छाडेर आफू आवद्ध क्लब एना भान गुइनगाम्पमा फर्किनु पर्ने भएको हो ।

बुधबार अखिल नेपाल फुटबल संघ एन्फाले सावित्राले वाफ च्याम्पियन सिपको फाइनल गुमाउने आधिकारिक जानकारी दिएको हो ।

सावित्रासँगको क्लबको सम्झौता अनुसार फिफा विन्डोमा आफ्नो देशका लागि खेल्न पाउने अनुमति थियो ।

तर वाफको फाइनल भने फिफा विन्डो भित्र नपर्ने भएकाले सावित्रा क्लबमा फर्किनु परेको हो ।

उनले जोर्डनविरुद्धको खेल गुमाउने छिन् । वाफ च्याम्पियनसिपको फाइनलमा फागुन १७ गते बिहिबार हुनेछ । प्रतियोगिताका ४ खेलमा सावित्राले ९ गोल गरेकी छिन् ।