मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक सय ८३ वटा अनलाइन कारबाहीमा, कारण कपि पेष्ट

एक सय ८३ वटा अनलाइन कारबाहीमा, कारण कपि पेष्ट

अपि टाइम्स

रासस
काठमाण्डौ । प्रेस काउन्सिल नेपालले समाचार हुबहु सार्ने एक सय ८३ वटा अनलाइनलाई कारबाही गरेको छ । काउन्सिलले पछिल्लो डेढ वर्षमा एक सय ८३ वटा अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको हो । काउन्सिलले विज्ञप्ति जारी गरी समाचार हुबहु चोरी गरी सार्ने ९कपी एण्ड पेस्ट गर्ने०, अनुमति नलिने एक सय ८३ वटा अनलाइन सञ्चारमाध्यम तथा वेबपोर्टललाई कारबाही गरेको जनाएको हो ।

कारबाहीमा परेकामध्ये एक सय ४३ वटा सञ्चारमाध्यमलाई स्पष्टीकरण सोधेको छ भने ११ वटालाई सचेत गराएको छ । स्पष्टीकरण सोधिएका धेरैजसो मिडियाबाट आउने दिनमा यस्तो कार्य नगर्ने प्रतिबद्धतासहितको जवाफ पेस भएको थियो । त्यस्तै मिडियाका रुपमा दर्तारसूचीकरण नभएका २९ वटा वेबपोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ ।

कारबाहीका लागि प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठकसमेत बसेको थियो । बैठकले हुबहु प्रवृत्ति निरुत्साहित गर्न थप कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बैठकमा ८९ वटा मिडियालाई सचेत गराउने निर्णय भएको छ । आउँदो दिनमा बिनाअनुमति हुबहु प्रकाशन नगर्नरनगराउन ध्यानाकर्षण गराउने र पुनः त्यस्तो गरेको उजुरी तथा गुनासो प्राप्त भएमा प्रचलित कानुन तथा आचारसंहिताबमोजिम थप कारबाही हुनेतर्फ सचेत गराउने निर्णय गरिएको हो ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको उपसमितिको बैठकमा नेपाल पत्रकार महासङ्घका अध्यक्षसमेत रहनुभएका काउन्सिल सदस्य विपुल पोखरेल, काउन्सिलका सदस्यहरू दिपक पाण्डे, दुर्गा भण्डारी पौडेल, ठाकुर बेलबासे, लालबाबु शेख, शरदप्रसाद अधिकारी, गणेशप्रसाद पोख्रेल तथा बार एशोसिएसनका तर्फबाट प्रतिनिधि महासचिव अञ्जिता खनाल र काउन्सिलका सहप्रशासकीय अधिकृत एवम् सहप्रवक्ता रामशरण बोहराको सहभागिता रहेको थियो ।

काउन्सिलमा २०८० साउनदेखि फागुन १५ गतेसम्म विभिन्न मिडियाविरुद्ध दुई सय २० वटा उजुरी तथा १२ वटा जनगुनासा दर्ता भएका छन् । पछिल्लो तीन महिनामा ५१ वटा उजुरी, २ वटा जनगुनासोसहित ५३ वटा उजुरी दर्ता भएको छ भने यस अवधिमा अघिल्लो आव समेतको गरी एक सय ६० वटा उजुरी फर्छ्यौट भएका छन् । काउन्सिलले मूल स्रोतको अनुमतिबिना स्रोत उद्धृत नगरी सामग्री हुबहु सम्प्रेषण नगर्नरनगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मीलाई आग्रह गरेको छ ।उज्यालो अनलाइनबाट