मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकपको तयारी गर्न सरकारद्धारा नेपाली टिमलाई ५ करोड निकासा

विश्वकपको तयारी गर्न सरकारद्धारा नेपाली टिमलाई ५ करोड निकासा

अपि टाइम्स

काठमाडौं । आइसिसी पुरुष टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टिमको तयारीका लागि अर्थ मन्त्रालयबाट ५ करोड रकम निकासा भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिँदै नेपाल सरकार, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिए।

सदस्य–सचिव घिसिङले नेपाल क्रिकेट संघलाई पूर्ण तयारीका लागि गम्भीर भएर अगाडि बढ्न भन्दै नेपाली टोलीलाई शुभकामना दिए।

नेपालमा गत अक्टोबर ३० देखि नोभेम्बर ५ तारिखसम्म भएको आइसिसी पुरुष टी–२० विश्वकप एसिया रिजनल क्वालिफायरको सेमिफाइनलमा युएइलाई ८ विकेटले हराउँदै अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिखदेखि सुरु हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि नेपाल छनोट भएको थियो।

सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो ।

टी २० विश्वकपमा नेपाल समूह ुडीु छ। समूहमा नेपालले बंगलादेश, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।