मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद्मा अटाएका १९ जना मन्त्रीहरु यस्ता छन्

प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद्मा अटाएका १९ जना मन्त्रीहरु यस्ता छन्

अपि टाइम्स

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले १९ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । तीन जना मन्त्रीले सोमबारै शपथ लिएकाले बुधबार ५ बजे १४ जनाले शपथ लिनेछन् ।
सुरुमा सरकारमा नजाने बताएको नेकपा एकिकृत समाजबादी पनि सरकारमा जाने भएको छ । माधवकुमार नेपाल नेतृत्वको समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बनेका हुन् ।
पार्टीले जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन र बुढालाई सहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।

एमाले

रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला

हरि उप्रेती, रक्षा

भगवती चौधरी, महिला बालबालिका

राजेन्द्र राई, खानेपानी

दामोदर भण्डारी, उद्योग

ज्वालाकुमारी साह, कृषि

बलराम अधिकारी, भूमि व्यवस्था

माओवादी

नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

वर्षमान पुन, अर्थ

शक्ति बस्नेत, उर्जा

रेखा शर्मा, सञ्चार

हितबहादुर तामाङ, पर्यटन

रास्वपा

रवि लामिछाने, उपप्रधान तथा गृह

डीपी अर्याल, श्रम

विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद

सुमना श्रेष्ठ, शिक्षा

एकिकृत समाजबादी
भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन
धनबहादुर बुढा, सहरी विकास