मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोश्रो प्रयासमा मन्त्री बने अधिकारी, गत वर्षको धोकामाथि न्याय

दोश्रो प्रयासमा मन्त्री बने अधिकारी, गत वर्षको धोकामाथि न्याय

अपि टाइम्स

काठमाडौँ । नेकपा एमालेबाट सरकारमा सहभागी हुने ८ जनाको मन्त्रालय टुंगिएको छ । सरकारमा एमालेको नेतृत्व गर्ने सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री हुनेछन् ।

त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालय सम्हाल्नेछन् ।
दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी मन्त्रालय सम्हाल्दा कपिलवस्तुका बलराम अधिकारी पनि मन्त्री बनेका छन् । उनल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्ने एमाले स्रोतले जनाएको छ ।

कपिलवस्तुको क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार चक्रपाणि खनाललाई दोब्बर मतान्तर (१८ हजार ४२९ ) ले हराएका सांसद अधिकारीलाई गत वर्ष पनि प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनाउने निधो गरेर पार्टीले सपथको लागि तयार रहन भनेको थियो । सोही अनुसार अधिकारीले पनि दौरा सुरुवाल तयार पारेर रातारात काठमाण्डौँ पुगेका थिए ।

तर अन्तिममा नाम काटिएर आएपछि अधिकारीको मन कुँडिएको थियो । पहिलो प्रयासमा मन्त्रीमा असफल भए पनि दोश्रोपटकमा भने अधिकारी मन्त्री बनेरै छोडे । पार्टीमा लामो समय रहेर योगदान गरेकोमा यसपटक पार्टीले न्याय गरेको भन्दै अधिकारीले अपिटाइम्समार्फत् नेतृत्वलाई धन्यबाद दिए ।

अहिले सपथ समारोहमा रहेको हुनाले धेरै बोल्न नमिलेको बताउँदै मन्त्री अधिकारीले आफूले राम्रो र स्मरणीय काम गर्ने दावी गरेका छन् ।