मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभित्रै केही गर्न नयाँ गठबन्धन सरकारः एमाले

देशभित्रै केही गर्न नयाँ गठबन्धन सरकारः एमाले

अपि टाइम्स

काठमाडौं । सत्तागठबन्धनको प्रमुख घटक नेकपा एमालेले नयाँ गठबन्धनमा साथ समर्थनका लागि अन्य राजनीतिक दललाई पनि अनुरोध गरेको छ ।च्यासलमा बसेको सचिवालय बैठकले सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मक रूपमा ग्रहण गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

मुलुकको संकटको अवस्थाबाट पार लाउने जनतालाई आशा र विश्वास मुलुकको स्थायित्व र विकासमा टेवा पुर्‍याउन एमालेले सकारात्मक भूमिका गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको उनले बताए ।

‘नयाँ सहकार्य फलदायी बनाउनुपर्छ र देशको विकास, स्वाधीनता रक्षा र समृद्धिका लागि यसले अनुकूलता सिर्जना गरेको छ । प्रचण्ड नेतृत्वमा ५ राजनीतिक दलमा सामेल भएर सरकार निर्माणको प्रक्रियामा अघि बढेका छौं । यो नयाँ प्रक्रियालाई साथ समर्थन गर्न अन्य राजनीति दललाई पनि अनुरोध गरेका छौं ।

देशमा उत्पन्न निराशालाई चिर्ने देशभित्रै केही हुनसक्छ भन्ने सकारात्मक सन्देश दिने प्रयाससहित नयाँ गठबन्धन सरकार अघि बढ्ने पनि उनले बताए ।