मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पिपरा अस्पतालमा आफ्नो मान्छे भर्ति गर्ने खेल, सच्याइयो सुचना !

पिपरा अस्पतालमा आफ्नो मान्छे भर्ति गर्ने खेल, सच्याइयो सुचना !

अपि टाइम्स

काठमाडौँ । बाणगंगा नगरपालिका कपिलवस्तुद्धारा संचालित पिपरा अस्पतालमा कर्मचारी भर्नामा प्रपञ्च गरेको देखिएको छ । अस्पतालको लागि नयाँ कर्मचारी माग भएकोमा आफ्ना मान्छे घुसाउन नगरले सच्याएर दोश्रोपटक सुचना सार्वजनिक गरेकोबाट यो कुरा पुष्टि हुन्छ । कर्मचारी छनौट प्रकृयामा आफ्नो नजिकको मान्छे नपर्ने भएपछि नगरले पहिलेको सुचनामा उमेर हद सच्याएर पुनः अर्को सुचना प्रकाशन गरेको हो । आफ्ना ब्यक्तिलाई भर्ना गर्न सार्वजनिक सुचना नै सच्याएपछि नगरपालिकोको प्रशासनिक परिपक्वतामा पनि प्रश्न खडा भएको छ ।

अस्पतालको लागि करार सेवाका बिभिन्न पदमा १४ जना कर्मचारी आवश्यक भएपछि नगरले गत फागुन २१ गते पहिलो पटक कर्मचारी आवश्यकता रहेको सुचना प्रकाशन गर्यो । उक्त सुचनामा बिभिन्न योग्यता निर्धारण गरिएको छ । ती योग्यतामा उमेर हद उल्लेख छ । चैत्र ५ गतेसम्म आवेदन मिति राखिएको सुचनामा सबै पदको लागि २१ बर्ष पुरा भई ४० बर्ष ननाघेका उमेर हद तोकिएको छ । यहि अनुसार बिभिन्न पदमा पनि आवेदन परिरहेको छ ।

तर आवेदनको अन्तिम मिति आउनै लाग्दा फेरि फागुन २४ गते उमेर हद सच्याएर नगरले अर्को सुचना प्रकाशन गरेको छ । यसलाई सरोकारवालाले शंकाले हेरेका छन् । नगरले सच्याएर दोश्रोपटक सुचना प्रकाशन गर्नुेको मक्सत नै आफ्ना मान्छे भर्ति गर्ने रहेको सरोकारवाला बताउँछन् ।

नगरले सच्याएको सुचना अनुसार भिन्दाभिन्दै उमेर हद निर्धारण गरिएको छ जब कि पहिलेको सुचनामा सबै पदको लागि तोकिएकका योग्यता पुगेका २१ बर्ष पुरा भई ४० बर्ष ननाघेका जुनसुकै ब्यक्तिले आवेदन दिन पाउने उल्लेख थियो । अहिलेको दोश्रो सुचनामा थप चलाखी गर्न खोजेको देखिन्छ ।

सच्च्याइएको पत्रमा भने मेडिकल अधिकृतको लागि मात्र २१ देखि ४० बर्ष उमेर हद राखिएको छ भने स्वास्थ्य सेवातर्फ अन्यको हकमा१८ बर्ष पुरा भई ४० बर्ष ननाघेको राखिएको छ । कम्यूटर अपरेटरको लागि मात्रै पनि उमेर हद फरक पारिएको छ । सच्च्याइएको सुचनाको आधारमा सहायक कम्प्युटर अपरेटर पदमा अब १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेकाले आवेदन दिन पाउनेछन् । महिलाको हकमा पुरानै उमेर हद छ ४० बर्ष ननाघेको उल्लेख छ ।

समाचार श्रोतअनुसार ती बिभिन्न पदमा नगरमा रजगज गरेर बसेका जनप्रतिनिधि र कर्मचारीका आफ्ना मान्छे जागिर खान इच्छुक छन् । तिनै ब्यक्ति उमेर हदका कारण तोकेको मापदण्डमा नपर्ने भएपछि नगरले सुचना सच्याउँदै महिलाबाहेकको लागि ४० बाट झारेर ३५ बर्ष उमेर हद बनाइएको हुन सक्ने सरोकारवालाको आसंका छ ।

सरोकारवाला भन्छन् ‘नगरले कुनै पनि पत्र पटकपटक काट्नु भनेको प्रशासकको अपरिपक्वता हो, यो सबैबारे पहिलो सुचना प्रकाशन गर्दा नै ध्यान दिनुपर्ने । त्यो गरिएको देखिएन । यसरी पटकपटक सुचना सच्याउँदा नगरको प्रशासनिक क्षमतामाथि प्रश्न उठ्छ । स्वभाविक रुपमा यस्तो सुचनाले मानिसमा शंका सिर्जना गर्दछ ।’
अरु पदमा पनि आफ्ना मान्छे भर्ति गर्न उमेरहदले अनुकुल नहुने भएपछि फरकफरक उमेर हद राखिएको आशंका गर्न सकिन्छ ।

सहायक कम्यूटर अप्रेटरमा पनि उमेर हद तोकिँदा यो पदमा पनि आफ्नो मान्छे घुसाउन खोजेको देखिन्छ । ‘कम्प्युटर अप्रेटर बाहेकका अरु पदमा पनि आफ्ना मान्छे सेट गर्न खेल नखेलेलका होलान् भन्न सकिन्न’, आवेदन दिन तयार भएका एकजनाले अपिटाईम्सलाई भने ।

यो खेल हुन लागेको आन्तरिक कुरा थाहा पाएपछि आवेदन दिन तयार भएका ती ब्यक्तिले पाँच सय दस्तुर शुल्क खेर फाल्न नखोजेको बताए ।

यो विषयमा स्वास्थ्य शाखाका प्रमुखसंग बुझ्न खोज्दा उनले थाहा नभएको भन्दै सुचना अधिकारी केशव भट्टराईलाई फोन गर्न आग्रह गरे । उनले मानवीय क्रुटी भएर यसो भएको हुन सक्ने बताएका छन् । भट्टराईलाई फोन लगाउँदा भने उनले उठाएनन् ।
पिपरा अस्पतालको आधिकारिक फेसबुक पेजबाट सच्याइएको सुचना सार्वजनिक गर्दा त्यहाँ पनि यस्ता शंकाका प्रतिक्रिया आएका छन् ।