मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेको मिसन २०८४ः चुनाव लक्षित कार्यक्रम घोषणा गर्ने

एमालेको मिसन २०८४ः चुनाव लक्षित कार्यक्रम घोषणा गर्ने

अपि टाइम्स

२९ वैशाख, काठमाडौं । नेकपा एमालेले २०८४ को चुनावमा पहिलो शक्ति बन्ने गरि पार्टी परिचलानका कार्यक्रम घोषणा गर्ने भएको छ ।

बिहीबारदेखि जारी केन्द्रीय कमिटी बैठकबारे जानकारी दिँदै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले त्यसबारे सुझाव माग्न ८ वटा समूह बनाएर छलफल भइरहेको बताए ।

‘८ समूहमा विभाजित गरेर आआफ्ना प्रदेशका के कस्ता कार्ययोजना हुन सक्छन्, ती बार्षिक कार्ययोजनाका बारेमा राय, सल्लाह–सुझाव पेश गर्नको अहिले समय दिइएको छ,’ उनले भने।

आगामी एक वर्षका कार्ययोजनाबारे महासचिव शंकर पोखरेलले मार्गदर्शन पेश गरेको समेत रिजालले जानकारी दिए। ‘एमालेलाई पहिलो शक्तिमा रुपान्तरण गर्ने गरि २०८४ को चुनावलाई केन्द्रित गरेर पार्टी परिचालनमा हामी विशेष जोड दिने छौं,’ उनले भने।