मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहमन्त्री लामिछानेले राजीनामा दिनैपर्ने कांग्रेसको अडान

गृहमन्त्री लामिछानेले राजीनामा दिनैपर्ने कांग्रेसको अडान

अपि टाइम्स

काठमाण्डौ – नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागमा अडान लिने भएको छ । प्रतिनिधि सभाको आजको बैठकको शुरुमै कांग्रेसका सांसदले उभिएर विरोध जनाएपछि सभामुखले कांग्रेसका सांसद दीपक गिरीलाई बोल्न समय दिएका थिए ।
पोखराको सूर्यदर्शन सहकारीबाट ठगिएकाहरूले अहिलेका गृहमन्त्री लामिछानेविरुद्ध पनि पोखरामा उजुरी दिएको तर उनीमाथि अनुसन्धान हुनुको साटो मन्त्री पदमा पुगेको भन्दै नेपाली कांग्रेसले विरोध गरेको छ । निष्पक्ष छानबिन प्रक्रियाबाट भाग्नकै लागि लामिछाने गृहमन्त्री बनेको कांग्रेसका सांसद दीपक गिरीले आरोप लगाए ।

यस्तै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गरेका छन् । उनले गृहमन्त्रीमाथि छानबिन गर्न पर्याप्त प्रमाण भएको जिकिरगरे ।