मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच केके विषयमा छलफल भयो ?

खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच केके विषयमा छलफल भयो ?

अपि टाइम्स

काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसिसी० अध्यक्ष ग्रेग बार्कलेबीच युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा बिहीबार छलफल भएको छ।

अध्यक्ष बार्केल र मन्त्री श्रेष्ठबीच नेपालको राष्ट्रिय गौरवको रूपमा रहेका रंगशाला, त्रिवि मैदानको फ्लड लाइट, आइसिसीसँगको सहकार्य तथा क्रिकेटको विकास र अभिवृद्धिको विषयमा कुराकानी भएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ।

नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय मञ्चमा यसको महत्वलाई पहिचान गर्दै नेपालको क्रिकेट विकासको प्रयासलाई सहयोग गर्न आइसिसी उत्साहित र प्रतिबद्ध रहेको अध्यक्ष ग्रेग बार्कलेले जानकारी गराएका थिए।

मन्त्री श्रेष्ठले आइसिसीको सहयोगलाई स्वागत गर्दै क्रिकेटलाई युवा सशक्तिकरण र राष्ट्रिय गौरवको माध्यमका रूपमा प्रवर्द्धन गर्न मन्त्रालय अडिग रहेकोमा जोड दिए।

यस्तै मन्त्रीले नेपाल सरकारले मुलपानीको तल्लो रंगशाला, भरतपुरको गौतमबुद्ध रंगशाला र विराटनगरको बैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला रंगशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश भएको बताउँदै निर्माण कार्यको विषयमा जानकारी गराए।

साथै त्रिवि मैदानको फ्लड लाइटको विषयमा अध्यक्षको जिज्ञासाको विषयमा मन्त्रीले जडान प्रक्रिया अघि बढेको बताए।