मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरियामा दुर्घटनाले वितेका बाणगंगाका डुकराजको शव आउँदा जे भयो..

कोरियामा दुर्घटनाले वितेका बाणगंगाका डुकराजको शव आउँदा जे भयो..

अपि टाइम्स

कपिलवस्तु । वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया गएका बाणगंगा नगरपालिकाका एक युवकको दुर्घटनामा परेर निधन भएको छ । त्यहाँको एक शहरमा काम गरिरहेका वडा नम्बर ७ बनगाईका डुकराज पन्थीको काम सकेर डेरामा फर्कने क्रममा दुर्घटनमा परी फागुनको २६ गते निधन भएको थियो । निधन भएको १२ दिनपछि चैत्र ७ गते बुधबार पन्थीको शव घरमा आएको थियो । शव आउँदैको दिन उनको लक्ष्मणघाटमा अन्त्येष्टि भयो । कान्छा बुबा मित्रलाल पन्थीले डुकराजको पार्थिक शरीरमा दागबत्ती दिएपछि उनको अन्त्येष्टि सम्पन्न भएको थियो ।

हात कपाउँदै कान्छो अंकलले जब पन्थीलाई दागवत्ती दिँदै थिए, यो दृश्यले सबैलाई भावुक बनायो । सबैको आखामा आँसु टिल्पिलायो । परिवारजन भक्कानो छोडेर रोएको देखिन्थ्यो । अन्त्येष्टिमा पनि बाक्लो सहभागिता थियो ।
अन्त्यष्टिबूर्व जब घरमा शव आउँदै थियो त्यो दृश्य अझै भयानक थियो । शव आउने सुचना थाहा पाएका छिमेकी र आफन्त अन्तिम श्रद्धाञ्जलीको लागि पन्थीको घरमा जम्मा भएका थिए । शवलाई घरको आगनमा झार्ने क्रममा दिउसो १ २ बजेतिर त्यहाँ शोकको सन्नाटा नै छायो । ६८ बर्षका बुबा दुर्गा प्रसाद पन्थी,आमा छम कुमारी पन्थी, श्रीमती र भाइ केशव पन्थीलाई घरमा सम्हाल्न हम्यहम्य भएको थियो । वरिपरिबाट जम्मा भएका सबैको आखामा आँसु देखिन्थ्यो । यहाँ रहँदा नेपाल विद्यार्थी संघको राजनीति गरेका डुकराज सामाजिक कार्यमा पनि संलग्न थिए भने सबैका प्यारा थिए ।

इपिएस भाषा परीक्षा पास गरेर ६ बर्ष अघि कोरिया गएका डुकराज ५ बर्षको पहिलो भिसा अवधि सकेर गत बर्ष नेपाल आएका थिए । नेपाल आएर गत बर्ष नै विहे गरी फर्केका थिए । पन्थीका मित्र शंकर न्यौपाने भन्छन् ‘अत्यन्तै मिलनसार मित्रको अकालको मृत्युले निकै दुखी तुल्याएको छ । बुबाआमा र उहाँकी श्रीमती निकै पीडामा हुनुहुन्छ । उहाँको मृत्युले धेरैलाई रुवाबासीमा पारेको छ । पन्थीको अकल्पनीय निधनले अहिले गाउँ नै शोकमा डुवेको छ ।’