मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नतिजामुखी हुन प्रदेशका मन्त्री र सचिवलाई कृषिमन्त्री भुसालको निर्देशन

नतिजामुखी हुन प्रदेशका मन्त्री र सचिवलाई कृषिमन्त्री भुसालको निर्देशन

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाण्डौँ । नेपाल सरकारका कृषि तथा पशुपंक्षी विका मन्त्री डाक्टर बेदुराम भुसालले नतिजा देखिने गरी काम गर्न प्रदेशका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् ।

कोशी, मधेश र कर्णालीका कृषि मन्त्री तथा लुम्बिनी, गण्डकी, वाग्मती र सुदुरपश्चिम प्रदेशका कृषि सचिवलाई शुक्रबार कृषि मन्त्रालयमै डाकेर मन्त्री भुसालले आगामी बजेट तथा कृषि क्षेत्रमा भए गरेका गतिविधिबारे जानकारी लिएका थिए । सो क्रममा उनले अब नतिजामुखी भएर काम गर्नुको विकल्प नभएको भन्दै आवश्यक निर्देशन दिए ।

नेपालको कृषि क्षेत्रको विकासको लागि छुट्टै ऐन नबन्दा समस्या सिर्जना भएको भन्दै आफूले गर्न सक्ने क्षेत्रमा इमान्दारपूर्वक काम गरेर जनताको मन जित्नु अहिलेको आवश्यकता रहेको उनको भनाई थियो ।

पोखरा उप–महानगरपालिकाका मेयर धनराज आचार्यसमेतको सहभागिता भएको छलफलमा मन्त्री भुसालले प्रदेश र स्थानीय तहमा अनुदानको रकम दुरुपयोग भएको पाइएकाले यसबारे के भएको हो ? भनेर पनि सोधेका थिए ।

कृषिको आधुनिकीकरण तथा यान्त्रिकरणमा जोड दिन आग्रह गर्दै मन्त्री भुसालले भने, ‘कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हाम्रो ध्यान छैन । अनुदानको रकम दुरुपयोग भइरहेको सुनिन्छ । उत्पादनमुखी अनुदान छैन । वास्तविक किसानसंग अनुदान नपुगी झोले नेता र कार्यकर्ताले खाएको गुनासो सुनिन्छ । यत्ति कुरामा तपाई सचेत रहन सक्नु भयो भने पनि धेरै सुधार हुन्छ । तपाईहरु इमान्दारभएर काम गर्नुहोला ।’

छलफलमा सहभागी भएकाहरुले मन्त्रीको निर्देशन पालना गर्ने बताएका प्रमुख स्वकीय सचिव शुशिल भट्टराईले अपि टाइम्सलाई जानकारी दिए ।

मन्त्री भुसालले यसपटक किसानको लागि रासायनिक मल सहज हुने बताउँदै सोही अनुसार आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिएका मन्त्रीको सचिवालयले जनाएको छ ।