मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नव छहारीको अध्यक्षमा कुँवर सर्वसम्मत, पहिलो प्राथमिकतामा रेडियोको दिगोपना

नव छहारीको अध्यक्षमा कुँवर सर्वसम्मत, पहिलो प्राथमिकतामा रेडियोको दिगोपना

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा नगरपालिकास्थित नव छहारी विकास संस्थाको अध्यक्षमा समाजसेवी तथा ब्यवसायी कृष्ण कुँवर चयन भएका छन् । संघका अध्यक्ष नन्द किशोर शुक्लाको अध्यक्षतामा शुक्रबार वडा नम्बर २ पिपरामा भएको संस्थाको छैठौँ अधिवेशनले संस्थापक अध्यक्षसमेत रहेका कुवँरलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । संस्थामा रहेका सबै सदस्यहरु कुँवरलाई अध्यक्ष बनाउन एकढिक्का भएका थिए । कुँवर बाणगंगा माध्यमिक विद्यालयको ब्यवस्थापन समितिको अध्यक्षसमेत रहेका छन् ।

अध्यक्षबाहेकका पदमा भने पुरानै कार्यसमितिलाई दोहोर्याइएको छ । कँवर अध्यक्ष बन्दा उपाध्यक्षमा माधव भाट क्षेत्री, सचिवमा अञ्जु अधिकारी, कोषाध्यक्षमा लक्ष्मण शर्मा र सहसचिवमा इन्दिरा तिमिल्सिना दोहोरिए । ११ सदस्यीय कार्यसमितिमा पुनः टेकेन्द्र कुमार क्षेत्री, चन्द्रकान्त न्यौपाने, कृष्ण कार्की, थानेश्वर अधिकारी, दीपक आचार्य र अस्मिता पोख्रेल चयन भएका छन् ।
अध्यक्षमा चयन भएका कुँवरले अब संस्थागत विकासमा ध्यान दिने बताए । संस्थाको आफ्नै जग्गा र घर नभएको हुनाले यसको लागि पहल गर्ने बताउँदै कुँवरले सर्वसम्मत बनाउन पहल गर्ने सबैलाई धन्यबाद दिए ।

बिभिन्न सामाजिक काम गर्ने उद्धेश्य बोकेर स्थापना भएको संस्थाले अहिले बाणगंगामा सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्ज संचालन गरिरहेको छ । रेडियोमा लगानी गरेका केहि ब्यक्ति छुटेको हुनाले आगामी दिनमा वृहत् भेटघाट र शुभकामना कार्यक्रम गरी सबैलाई समेटेर लैजाने कुँवरले प्रतिवद्धता जनाएका छन् ।

संघमा निर्वमान अध्यक्ष बनेका नन्द किशोर शुक्लाले आफ्नो कार्यकाल सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यबाद दिदै अध्यक्ष कुँवर नेतृत्वलाई बधाई र शुभकामना दिए । कार्यक्रममा नछहारीमा सदस्य रहेका ब्यक्तिको सहभागिता थियो । रेडियोका सहायक स्टेसन म्यानेजर हरि आचार्यको संचालन, उपाध्यक्ष माधव भाट क्षेत्रीको स्वागत मन्तव्यमा संचालन भएको कार्यक्रममा शुक्लाले बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै आगामी योजनाबारे सुनाएका थिए । रेडियोका कार्यकारी निर्देशक चन्द्रकान्त न्यौपानले रेडियोको बर्तमान अवस्था र तत्काल गर्नुपर्ने कामका बारेमा जानकारी गराएका थिए । अधिवेशनकै अवसरमा सुपादेउराली मन्दिरमा पुजाआजा गरिएको थियो ।