मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवलको एभरेस्टले जित्यो एनभीए महिला भलिबलको उपाधि, पुलिस स्तब्ध

बुटवलको एभरेस्टले जित्यो एनभीए महिला भलिबलको उपाधि, पुलिस स्तब्ध

अपि टाइम्स

काठमाडौँ। विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै एभरेस्ट भलिबल क्लबले आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ उपाधि जितेको छ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कबर्डमा शनिबार सम्पन्न फाइनल खेलमा एभरेस्टले पुलिसलाई ३/१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो।

योसँगै एभरेस्टले पहिलोपटक उपाधि जितेको छ। पराजित पुलिस भने उपविजेतामा सिमित बनेको छ।

पहिलो सेट २५/ १९ ले गुमाएको एभरेस्टले त्यसपछि सानदार पुनरागम गर्‍यो। दोस्रो सेटमा २२ /२५ ले आफ्नो पक्षमा पारेको एभरेस्टले तेस्रो सेटमा १८ /२५ ले जित्यो।

चौथो तथा अन्तिम सेट एभरेस्टले १९/२५ ले जित्यो।