मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुस्मित हत्या प्रकरणः न्यायका लागि संघर्ष समिति गठन

सुस्मित हत्या प्रकरणः न्यायका लागि संघर्ष समिति गठन

अपि टाइम्स

काठमाडौं । आफ्नै परिवारको सदस्यहरुको संलग्नतामा मारिएकी सुस्मिता केसीको न्यायका लागि भन्दै सामाजिक अभियन्ताहरुले संघर्ष समिति गठन गरेका छन् । आज (शनिबार) रिपोर्र्टस क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियन्ताहरुले संघर्ष समिति गठन भएको औपचारिक घोषणा गरेका हुन् ।

संघर्ष समितिको संरक्षकमा मृतक सुस्मितकी आमा गंगा केसी, ठूलोबुबा हेमबहादुर खड्का, बुबा कृण केसी रहेका छन् । सल्लाहकारमा नेपाल स्वयम् सेवक संघका अध्यक्ष खेमराज पौडेल छन्, विमला गैरे, जस्मिन ओझा, रेनु सेन, राजनन्द माण्डव्य रहेका छन् ।

२०७७ साल असार १ गते राति हेटौंडा उपमहानगरपालिका–४ स्थित आफ्नै घरमा सुस्मितकाको क्रुर हत्या भएको थियो । उक्त हत्या प्रकरणमा जिल्ला अदालत मकवानपुरले मृतक सुस्मिताका ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जन्मकैदको सजाय सुनाएको थियो । सुस्मितकी सासुले भने मतियारको रुपमा भूमिका निर्वाह गरेको भन्दै उनलाई १० वर्ष कैद सजाय तोकिएको थियो ।