मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लायन्स कपिलवस्तुको अध्यक्षमा घिमिरे चयन, ‘सिरुबारी घोषणा पत्र’ जारी

लायन्स कपिलवस्तुको अध्यक्षमा घिमिरे चयन, ‘सिरुबारी घोषणा पत्र’ जारी

अपि टाइम्स

कपिलवस्तु । ‘सिरुबारी घोषणा पत्र’ जारी गर्दै लायन्स क्बलव अफ कपिलवस्तुको आठौँ अधिवेशन सम्पन्न भएको छ । समाजसेवी तथा ब्यवसायी नवदत्त घिमिरेलाई अध्यक्ष चयन गरेको अधिवेशनले अन्य बिभिन्न पदमा पनि सर्वसम्मत नेतृत्व चयन गरेको हो । अध्यक्षमा चयन भएका घिमिरे कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव हुन् ।

स्याङ्जाको आधिखोला गाउँपालिका १ पञ्चमुल ‘सिरुवारी’ मा तामझामको साथमा अधिवेशन आयोजना भएको थियो । ५० बढी सदस्य रहेको लायन्सले अध्यक्षमा घिमिरेसंगै प्रथम उपाध्यक्षमा नारायण पौडेल, द्धितीय उपाध्यक्षमा सुमन क्षेत्री र तृतीय उपाध्यक्षमा सागर घिमिरे चयन गरेको छ ।

उपाध्यक्षमा विश्वराज खनाल र सान्ताराज गैरे चयन हुँदा सचिवमा दामोदर पन्थी र कोषाध्यक्ष विष्णु घिमिरे चयन भए । यस्तै सह सचिवमा गिरिराज कडेँल, सह कोषाध्यक्षमा विष्णु पाठक चयन भएका क्लवले जनाएको छ । संस्थापक अध्यक्ष कृष्ण केसीको प्रमुख आतिथ्य रहेको कार्यक्रमको संयोजन क्लवका पुर्व अध्यक्षद्धय सुरेन्द्र घिमिरे र रामसुभागे थारुले गरेका थिए । कार्यक्रममा पुर्व अध्यक्ष धातानन्द भुसालल लगायत सहभागि थिए । लायन्सले बिभिन्न मानवीय र सामाजिक कार्यहरु गर्दै आएको छ ।