मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

अपि टाइम्स

काठमाण्डौ । आज दिउँसोदेखि काठमाण्डौ उपत्यकासहित कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले केही ठाउँमा सामान्य बदली भए पनि धेरै ठाउँको मौसम सफा रहेकोमा दिउँसोदेखि बदली भएर केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।

हिजो अस्तिको तुलनामा आज मौसम केही सफा हुने तर भरे रातिदेखि पुनः बदली भएर वर्षाको सम्भावना रहेको उनले बताए । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ ।

स्थानीय प्रणाली समेत सक्रिय हुँदा भरे रातीपछि मध्य र पूर्वका धेरै ठाउँमा वर्षाको सम्भावना छ ।