मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगाको मेयर कपः वडा नम्बर ४ र २ मध्ये कसले जित्ला उपाधि ?

बाणगंगाको मेयर कपः वडा नम्बर ४ र २ मध्ये कसले जित्ला उपाधि ?

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा नगरपालिकाले आयोजना गरेको पाँचौँ मेयर कपको उपाधिको लागि वडा नम्बर ४ र २ भीँड्ने भएका छन् ।
बुद्ध रंगशालामा भएका सेमिफाइनल खेलमा वडा नम्बर २ ले १० लाई पराजित गरी फाइनल स्थान तय गरेको थियो भने वडा नम्बर ४ ले १ लाई पराजित गरेको थियो । उनीहरुबीचको उपाधि भीडन्त मंगलबार दिउँसो हुने नगर खेलकुद विकास समितिले जनाएको छ ।

सेमिफाइनलको स्थितिसम्म दुवै टिमका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेकाले कसले उपाधि जित्छ यसै भन्न नसकिने अवस्था छ । वडा नम्बर २ का उत्कृष्ट खेलाडी गोविन्द पालुङ्गे घाइते भएकाले यसको फाइदा ४ ले उठाउन सक्ने अनुमान गर्न सकिन्छ

वडा नम्बर ४ का वडा अध्यक्ष छवि रेश्मीले यसपटक आफूहरुले उपाधि उचाल्ने बताए । यता नगर प्रवक्ता तथा २ का वडा अध्यक्ष विष्णु पौडेलले यसपटक पनि उपाधि लैजाने दावी गरे । ।

समितिका अध्यक्ष पदम सेनका अनुसार फाइनल खेलको विजेताले १ लाख रुपैयाँ नगद ट्रफी र प्रमाण पत्र पाउने छन् भने उपविजेताले ७५, तेश्रो र चौथो हुने टोलीले ३०३० हजार पुरस्कार पाउने छन् । बिभिन्न विधाका उत्कृष्ट खेलाडीले पनि पुरस्कार पाउने बताइएको छ । खेल रोमाञ्चक हुने भएकाले खेल हेर्न सबैलाई उनले अनुरोध गरेका छन् ।