मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीसहित माओवादीको भागमा २ मुख्यमन्त्री, एमालेलाई ३ प्रदेश

लुम्बिनीसहित माओवादीको भागमा २ मुख्यमन्त्री, एमालेलाई ३ प्रदेश

अपि टाइम्स

काठमाडौं । प्रदेश सरकारको नेतृत्व भागबन्डामा सत्तारुढ दलहरु सहमति नजिक पुगेका छन् ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटमा यसबारे कुराकानी भएको छ । अब बस्ने सत्ता साझेदार दलहरुको बैठकले भागबन्डा टुंगो लगाउने तयारी छ ।

उनीहरुबीच भएको सहमति अनुसार कोशी, गण्डकी र कर्णालीमा एमालले मुख्यमन्त्री पाउने छ भने
बागमती र लुम्बिनी प्रदेशमा माओवादीले मुखयमन्त्री पाउने गरी भागवण्डा गरिएको छ । सत्ताघटक जसपालाई भने मधेश प्रदेश परेको समाचार छ । यता सुदूरपश्चिम नाउपालाई दिन प्रचण्ड र ओली तयार रहेको बताइएको छ । यसबारे अन्तिम टुङ्गो फेरि बस्ने वैठकले लगाउने नेताहरुले बताएका छन् ।