मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा नम्बर ४ लाई पहिलोपटक मेयर कप, २ माथि संघर्षपूर्ण जित

वडा नम्बर ४ लाई पहिलोपटक मेयर कप, २ माथि संघर्षपूर्ण जित

अपि टाइम्स

कपिलवस्तु ।बाणगंगा नगरपालिकाले आयोजना गरेको पाँचौँ मेयर कपको उपाधि वडा नम्बर ४ ले जितेको छ । बुद्ध मंगलबार रंगशालामा भएको निकै रोमाञ्चक खेलमा वडा नम्बर २ माथि १-० को संघर्षपूर्ण जित निकाल्दै ४ ले पहिलोपटक मेयर कप जित्न सफल भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको खेलको दोश्रो हाफको अन्तिम समयमा वडा नम्बर ४ ले एक मात्र निर्णयक गोल गर्यो । ८८ औँ मिनेटमा ४ का कप्तान सञ्जु सेनले एक मात्र निर्णायक गोल गरे ।

जितसंगै ४ ले नगद १ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता बन्न सफल २ ले ७५ हजार शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे । उनीहरुलाई मेयर चक्रपाणी अर्याल, उपप्रमुख रिता चौधरी, नगरप्रवक्ता विष्णु पौडेले लगायतले पुरस्कार प्रदान गरेका थिए । फाइनलमा म्यान अफ दि म्याच बनेका ४ का सञ्जु ट्रफीसहित सम्मानित भएका थिए ।