मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चैत्र १७ देखि प्रथम कपिलवस्तु (तिलौराकोट) गोल्डकप

चैत्र १७ देखि प्रथम कपिलवस्तु (तिलौराकोट) गोल्डकप

अपि टाइम्स

काठमाडौँ। आगामी चैत्र १७ गतेदेखि प्रथम कपिलवस्तु (तिलौराकोट) गोल्डकप–२०८० शुरू हुने भएको छ।

कपिलवस्तु फुटवल संघको आयोजनामा बाणगंगास्थित बुद्ध रंगशालामा प्रतियोगिता हुने भएको हो ।
संघका अध्यक्ष तिलक थापाले खेलमा ए डिभिजनका ४ र मोफसलका ४ गरी ८ टिमले प्रतिस्पर्धा गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी दिए ।

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नारासहित हुने प्रतियोगितामा ए डिभिजन क्लबहरु थ्री स्टार , त्रिभुवन आर्मी, मछिन्द्र, नेपाल पुलिस र मोफसलका हनामी बीएफसी, सुदूरपश्चिम११, सहारा र आयोजक टिमबाट कपिलवस्तु –११ ले प्रतिस्पर्धा गर्नेछन् । चैत्र २४ गते प्रतियोगिता सकिने छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ११ लाख ११ हजार १११ र दोस्रो हुनेलाई ५ लाख ५५ हजार ५५५ रुपैयाँ र शिल्ड, मेडल र प्रमाणपत्र दिइने अध्यक्ष थापाले जानकारी दिए।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ पाउने छन् भने विधागततर्फ (सर्वाधिक गोलकर्ता र वेष्ट प्लेअर, उत्कृष्ट गोल रक्षक, डिफेन्स, फरवार्ड, प्रशिक्षक) पनि पुरस्कृत हुने थापाले बताए । यस्तै हरेक दिन हुने म्यान अफ दि म्याचलाई नगद १० हजारले सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष थपाले बताए । गोल्डकप व्यवस्थापनका लागि १ करोड १८ लाख बढी खर्च हुने अनुमान गरिएको छ।