मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइपिएलको इतिहासमा नयाँ रेकर्ड, सनराईजर्सले मुम्बईलाई दियो २७८ रनको लक्ष्य

आइपिएलको इतिहासमा नयाँ रेकर्ड, सनराईजर्सले मुम्बईलाई दियो २७८ रनको लक्ष्य

अपि टाइम्स

काठमाडौँ । आइपिएलको इतिहासमा नयाँ रेकर्ड कायम भएको छ । सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्सवीचको खेलमा नयाँ रेकर्ड कायम भएको हो । टस हारेको सनराइजर्सले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाएर २७७ रन बनाउन सफल भयो ।

सनराइजर्स हैदरावादका हाइनरिक क्लासन, ट्रैविस हेड र अभिषेक शर्माको विष्फोटक ब्याटिङमा मुम्बई इन्डियन्सलाई २७८ रनको लक्ष्य दिएको हो ।

राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २७७ रन बनाएको हो।

हाइनरिक क्लासनले अविजित रहँदै सर्वाधिक ८० रन बनाए। ३४ बल खेलका उनले ४ चौका र ७ छक्का प्रहार गरे।यता, एडन मारक्रमले २८ बलमा २ चौका र १ छक्कासहित अविजित रहँदै ४२ रन बनाए।

हैदरावादले पहिलो विकेट ४५ रनमा गुमाएको थियो। पाँचौँ ओभरको पहिलो बलमा मयंक अग्रवाल ११ रनमा आउट भए।

मंयक १३ बलमा १ चौकासहित ११ रन बनाएर आउट भए। उनी हार्दिक पाण्ड्याको बललाई पुल गर्ने प्रयासमा टिम डेविडबाट क्याच आउट भएका हुन्।

त्यसपछि कृजमा आएका हेड र शर्मा तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए। हेड आठौँ ओभरको पाँचौँ बलमा हेड ६२ रनमा आउट भए। उनले २४ बलमा ९ चौका र ३ छक्कासहित ६२ रन बनाए।

उनी जेराल्ड कट्जीको बलमा शट थर्डमा नमन धीरबाट क्याच आउट भएका हुन्। शर्मा भने ११औँ ओभरको अन्तिम बलमा नमन धीरको बलमा क्याच आउट भए। पियुष चावलाको बलमा शर्मा डीप मिड विकेटमा धीरबाट ६३ रनमा क्याच आउट भए।

शर्माले २३ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। मुम्बईका हार्दिक पाण्ड्या, जेराल्ड कट्जी र पियुष चावलाको नाममा १र१ विकेट रह्यो।