मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन

सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन

अपि टाइम्स

काठमाडौं । सादा पोशाकमा सूचना संकलनका लागि भनेर खटिंदै आएका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

गृहमन्त्री रवि लामिछानेले सादा पोशाकका प्रहरी तत्काल हटाइ युनिर्फममा जिम्मेवारी दिन भन्दै निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले यस्तो परिपत्र गरेको हो ।

मुलकभरका बिभिन्न स्थानमा सादा पोषाकमा घुमुवा प्रहरी परिचालन हुँदा उनको काममाथि प्रश्न खडा भएको थियो । कतिपय अवस्थामा तिनै सादा पोशाकका घुमुवाबाट सर्वसाधारणमाथि सास्ती दिने काम हुने गरेका जनताको गुनासो आउने गरेको थियो ।