मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलौराकोट गोल्डकपः यस्तो बन्यो कपिलवस्तु ११ को टिम, २ जना विदेशी खेलाडी

तिलौराकोट गोल्डकपः यस्तो बन्यो कपिलवस्तु ११ को टिम, २ जना विदेशी खेलाडी

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
काठमाडौँ । आजदेखि प्रथम कपिलवस्तु (तिलौराकोट) गोल्डकप सुरु हुँदै छ । बाणगंगास्थित बुद्ध रंगशालामा दिउँसो साढे ३ बजेदेखि गोल्डकपको उद्घाटन खेल सुरु हुने छ । उद्घाटनमा घरेलु टोली कपिलवस्तु ११ र थ्रीस्टार भीँड्दै छन् । त्यसअघि भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले दिउसो २ बजे गोल्डकपको उद्घाटन गर्ने बताइएको छ ।

कस्तो छ कपिलवस्तुको टिम ?

कपिलवस्तु ११ त्यति अपरिचित टिम होइन । स्थानीय, प्रदेश र राष्ट्रियस्तरका बिभिन्न प्रतियोगितामा टोली सहभागि भइसकेको छ भने कतिपयस्थानबाट उपाधि पनि जितिसकेको छ । यद्यपी यो ठुलो र लुम्बिनी प्रदेशकै सर्वाधिक ठुलो धनराशीको प्रतियोगिता रहेकाले यहाँको टिम कस्तो बनेको होला ? धेरैको चासो छ । कपिलवस्तु ११ मा स्थानीय स्तरकै खेलाडी छन् कि जिल्लाबाहिर र विदेशी खेलाडी पनि अटाएका छन् त्यो पनि चासो छ ।

कपिलवस्तु ११ का टिम कोच रोशन सेनले अपिटाइम्सलाई बताए अनुसार कपिलवस्तु ११ को टिम बलियो बनेको छ । टिममा स्थानीय, जिल्लाबाहिर र २ जना विदेशी खेलाडी पनि रहेका कारण टिम राम्रो बनेको सेनले बताए । ३ जनाबाहेक अरु सबै खेलाडी कपिलवस्तुकै रहेको उनी बताउँछन् । सेनले थ्रीस्टार बलियो टिम भए पनि आफूहरुले टक्कर दिने बताए । उद्घाटन खेलमा विजयी सुरुवात गर्ने लक्ष्य अनुसार आफूहरु मैदान उत्रने सेनले बताए ।

उनका अनुसार टिममा मिलन क्षेत्री, अरुण चौधरी, आशिष पुन, ब्रिजेश विष्ट, सन्दिप थारु, सञ्जु सेन, असिम गुरुङ, चन्द्र मगर, प्रेम थापा, नरेन्द्र घिमिरे, नरेन्द्र थारु छन् । सेनले नरेन्द्रबाहेक सबै कपिलवस्तुकै खेलाडी रहेको बताए । यस्तै यहि टोलीबाट विदेशी खेलाडी ओस्कार र कामा कटे मुसाले अग्रपंती सम्हाल्ने छन् । कपिवस्तु ११ को गोल किपरमा अनुप राना रहेका सेनले बताए । कप्तानको अझै टुङ्गो लागिसकेको छैन ।

प्लेइङ ११ मा कपिलवस्तु ११
मिलन क्षेत्री, अरुण चौधरी, आशिष पुन, ब्रिजेश विष्ट, सन्दिप थारु, असिम गुरुङ, चन्द्र मगर, प्रेम थापा, नरेन्द्र घिमिरे, नरेन्द्र थारु, ओस्कार र कामा कटे मुसा