मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब नेपाली भाषामै त्रिभुवन विश्वविद्यालयको स्नातक तहका प्रश्नपत्र

अब नेपाली भाषामै त्रिभुवन विश्वविद्यालयको स्नातक तहका प्रश्नपत्र

अपि टाइम्स

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको अस्ति बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो ।

आउँदो पहिलो वर्षको परीक्षादेखि अनिवार्य रूपमा यो व्यवस्था लागू गर्ने र त्यसपछि क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षका परीक्षामा लागू गरिने त्रिविले जनाएको छ । विश्वविद्यालयले अहिलेसम्म अङ्ग्रेजी भाषामा मात्रै प्रश्नपत्र तयार गर्ने गरेकामा नेपालीमा पनि सोध्न माग हुँदै आएको थियो ।

साथै तल्ला तहमा विद्यार्थीले अङ्ग्रेजी भाषामा सबै प्रश्न नबुझ्दा सही रूपमा उत्तर लेख्न नसकेका कारण विद्यार्थीको नतिजामा समेत असर परेको थियो ।