मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेशः मुख्यमन्त्री पाउने भएपछि एकीकृत समाजवादीले विश्वासको मत दिने

बागमती प्रदेशः मुख्यमन्त्री पाउने भएपछि एकीकृत समाजवादीले विश्वासको मत दिने

अपि टाइम्स

काठमाडौं । सत्तारुढ दलहरुबीच वागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । यससँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने भएका छन् ।

एकीकृत समाजवादी संसदीय दलको आइतबार बसेको बैठकले सरकारको नेतृत्वमा आलोपालो नभए विश्वासको मत नदिने अडान लिएपछि मुख्यमन्त्री जम्मकट्टेल दबावमा परेका थिए । किनकी सोमबार १ बजे प्रदेशसभामा उनले विश्वासको मत लिने कार्यसूचि थियो ।

प्रदेश सरकार अठ्यारोमा परेपछि सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुबीच छलफल भयो । त्यहाँ आलोपालोमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री लिने सहमति भएको एक नेताले जानकारी दिए । ‘आलोपालोमा एकीकृत समाजवादीलाई पनि समेट्ने भन्ने भएको छ’ उनले भने, ‘अहिले माओवादी नेतृत्वको सरकारले निरन्तरता पाउने छ ।’

नेताहरुका अनुसार सुदूरपश्चिममा पनि एकीकृत समाजवादीले मुख्यमन्त्रीमा पालो पाउनेछ । यो सहमतिअनुसार एमाले, माओवादी र एकीकृत समाजवादीमध्ये पहिलो पालो एकीकृत समाजवादीले पाउनेछ । तर तीन दलको मात्र बहुमत नपुग्ने भएकाले नेताहरुले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को समेत समर्थन खोजेका छन् । त्यसका लागि पहिलो पालोमा मुख्यमन्त्री दिने सत्ता गठबन्धनको प्रस्ताव छ ।

तर नाउपाभित्र विवाद छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नयाँ गठबन्धनको पक्षमा निर्णय गरेकी छन्, तर ७ प्रदेश सांसद भएको नाउपाका ५ जना कांग्रेस नेतृत्वको अहिलेको सरकारमा सहभागी छन् ।