मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेरणाका श्रोत प्रिजनलाई कपिलवस्तुमा ५१ हजार प्रोत्साहन

प्रेरणाका श्रोत प्रिजनलाई कपिलवस्तुमा ५१ हजार प्रोत्साहन

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

कपिलवस्तु ।काठमाडौँको ए डिभिजन क्लव थ्रीस्टारबाट फुटवल खेलिरहेका प्रिजन तामाङलाई कपिलवस्तुमा ५१ हजार बढी रकमले सम्मान गरिएको छ ।

बाणगंगामा जारी प्रथम तिलौराकोट गोल्डकपको अवसरमा उनलाई सम्मान गरिएको हो । यसपछाडि खास कारण छ ।
एक समयका चर्चित खेलाडीको रुपमा रहेका प्रिजन तामाङ केहि समयअघि ‘ब्लड क्यान्सर’ पीडित थिए । फुटवलमा जोडिएर करिअरको उच्च बिन्दुमा पुगेका बखत उनलाई ब्लड क्यान्सरजस्तो प्राणघातक रोगले आक्रान्त पार्यो । लागेपछि कमै मानिस बच्न सक्ने यस प्रकारको रोगको सिकार भएका प्रिजनले क्यानसरसंगको ठुलो लडाईपछि पुर्नजीवन पाए र उनी पुनः खेलमा फर्किन सफल भए ।

मृत्यु जितेर पनि पुनः आफ्नो खेल कर्ममा फर्किनु सानो आँट नभएको भन्दै उनलाई प्रोत्साहन गर्नको लागि नगद ५१ हजार बढी रकमले सम्मान गरिएको कपिलवस्तु फुटवल संघले जनाएको छ ।

संघका अध्यक्ष तिलक थापाले यो सुचना प्रवाह गरेपछि खेलस्थलमै बिभिन्न संस्था र ब्यक्तिबाट सहयोग रकम जुटाएको बताए ।

आफूहरुको तर्फबाट र फ्रिडम पाउण्डेसन, रोटरी क्लव अफ कपिलवस्तु मिडटाउन, एनएमबी बैङकका कर्मचारी, समाजसेवी ब्यक्तिहरुले रकम जुटाएर सहयोग गरेको उनले बताए । खेलाडी राष्ट्रका गहना भएकाले तिनलाई बचाउनु आफूहरुको सबैभन्दा ठुलो धर्म रहेको थापाले बताए ।

प्रिजनले पनि कपिलवस्तुले दिएको सहयोग सरप्राइज भएको बताउँदै खेल खेल्न अझै हौसला बढेको बताए ।
पहिलो सेमिफाइनलमा नेपाल पुलिससंग हारे पनि थ्रीस्टारका तर्फबाट प्रिजनले उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रिजनको पुनरागमनलाई धेरैले प्रेरणाको रुपमा लिएका छन् ।