मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महावीर पुन ८८ औँ दिनमा कपिलवस्तुमा, चार नम्बरमा स्वागत

महावीर पुन ८८ औँ दिनमा कपिलवस्तुमा, चार नम्बरमा स्वागत

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा अभियान्ता महावीर पुन किताब बेच्ने यात्राको ८८ औँ दिनमा कपिलवस्तुमा आएका छन् । आफ्नै जीवनीमा आधारित महावीर पुन, सपना, सम्झना र नामक किताब लिएर कपिलवस्तु आएका पुनलाई त्यहाँका शिक्षक, ब्यवसायी, समाजसेवी र पत्रकार लगायतले स्वागत गरेका थिए । स्वागतसंगै उनको किताब पनि खरिद गरिएको छ ।

चार नम्बरका ब्यक्तिहरुसंग कुराकानी गर्दै महावीर पुनले ८८ औँ दिनमा कपिलवस्तु आएको बताए । किताब बेच्ने क्रममा कपिलवस्तु २७ औँ जिल्लामा परेको उनले बताए । अहिलेको पुस्तामा पठन संस्कृति हराइरहेको भन्दै किताबले मुलुकमै केहि गर्ने सोँच निर्माण गर्न प्रेरित गर्ने बताउँदै पुस्तक किन्दा भएको खर्चले मुलुक निर्माण हुने बताए ।

अहिलेसम्म करिब ८० हजार पुस्तक बेच्न सफल भएको भन्दै मुलुकभरका १ प्रतिशत नागरिकसमक्ष पुस्तक पुर्याउने गरी आफू लागेको उनले बताए । मुलुकका १ प्रतिशत नेपालीले किताब किन्दा पनि ३ लाख नेपालीले किताब किनेर राष्ट्र निर्माणमा सहयोग हुने उनको विश्वास छ । पुस्तक बेचेर प्राप्त भएको आम्दानी वीरगंज कृषि औजार कारखानाको विकासको लागि खर्च गरिने पुनले बताए ।

कपिलवस्तु आफ्नो ठाउँ नौलो रहेकाले सहयोग गर्न पुनको सबैमा आग्रह छ । पुनलाई स्वागत गर्न समाजसेवी अर्जुन शाही, रमेश पन्थी, पोष्टराज गौतम, छविलाल नेपाली, यमलाल पाण्डे, सन्तोष गैरे, विष्णु घिमिरे, राम सुभागे थारु, राम प्रसाद भुसाल, सुवास पन्त, हरि घिमिरे लगायत जम्मा भएका पत्रकार चन्द्रकान्त नयौपानेले बताए । उनका अनुसार पुन आज साँझ नै गोरुसिंगे पुगेका छन् ।

भोलि विहान ‘शुक्रबार’ त्यहाँ पुस्तक बेचेर फेरि बाणगंगा सेरोफेरोमा आउने न्यौपानेले बताए । कपिलवस्तुपछि किताब यात्रा पूर्वतर्फ लाग्ने पुनले जानकारी दिए । पुन माघ महिनाबाट किताब बेच्ने यात्रामा निस्किएका हुन् । महावीर पुनले विश्वप्रसिद्ध म्यागासेसे लगायतका धेरै पुरस्कारहरु पाइसकेका छन् ।