मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुमा महावीर पुनः आज विहान बाणगंगा क्षेत्र र बेलुकी तौलिहवामा

कपिलवस्तुमा महावीर पुनः आज विहान बाणगंगा क्षेत्र र बेलुकी तौलिहवामा

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा अभियान्ता महावीर पुन किताब बेच्ने यात्राको आज ९० औँ दिनमा छन् । ८८ औँ दिनमा कपिलवस्तुमा आएका उनी आज शनिबार ९० औँ दिनमा यहिँ रहने बताइएको छ ।

आफ्नै जीवनीमा आधारित महावीर पुन, सपना, सम्झना र नामक किताब लिएर कपिलवस्तु आएका पुन आज पनि दिनभर ब्यस्त रहनेछन् । हिजो बुद्धभूमि र शिवराजमा किताब बेचेका उनले आज बाणगंगाका बिभिन्न क्षेत्र र बेलुका कपिलवस्तु नगरपालिकाको तौलिहवा पुगेर किताब बेच्ने बताए । विहान ८ बजेदेखि बनगाई, चप्परगाउँ, बोडगाउँ चोकमा कार्यक्रम रहेको र त्यसपछि चार नम्बर जितपुर क्षेत्रमा कार्यक्रम रहेको पुनले बताएका छन् । बाणगंगामा किताब बेचेपछि उनी बेलुकी तौलिहवा जाने पुनले बताए । कपिलवस्तु अघि पुन मुलुकका २७ जिल्ला पुगिसकेका छन् । यसपछि उनी पूर्वतर्फ जाने उनले अपिटाइम्सलाई बताए ।

अहिलेको पुस्तामा पठन संस्कृति हराइरहेको भन्दै किताबले मुलुकमै केहि गर्ने सोँच निर्माण गर्न प्रेरित गर्ने बताउँदै पुस्तक किन्दा भएको खर्चले मुलुक निर्माण हुने बताए ।
मुलुकभरका १ प्रतिशत नागरिकसमक्ष पुस्तक पुर्याउने गरी आफू लागेको उनले बताए । मुलुकका १ प्रतिशत नेपालीले किताब किन्दा पनि ३ लाख नेपालीले किताब किनेर राष्ट्र निर्माणमा सहयोग हुने उनको विश्वास छ । पुस्तक बेचेर प्राप्त भएको आम्दानी वीरगंज कृषि औजार कारखानाको विकासको लागि खर्च गरिने पुनले बताए ।

कपिलवस्तु आफ्नो ठाउँ नौलो रहेकाले सहयोग गर्न पुनको सबैमा आग्रह छ । पुन माघ महिनाबाट किताब बेच्ने यात्रामा निस्किएका हुन् । महावीर पुनले विश्वप्रसिद्ध म्यागासेसे लगायतका धेरै पुरस्कारहरु पाइसकेका छन् ।